१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

गढिमाई मेलामा आज विशेष पुजागरि बलि प्रदान सुरु

Logo
प्रकाशित मंगलबार, मंसिर १७, २०७६

न्यूज मधेश,बारा।पाँच वर्षमा एकपटक लाग्ने बराको प्रसिद्ध गढीमाई मेलामा मंगलबार बिहान विशेष पूजापछि बलि प्रदान सुरु भएको छ ।

महागढीमाई नगरपालिका १ बरियारपुरमा बलि प्रदान गर्न हजरौंको संख्यामा राँगा, बोका र परेवा भक्तजनले लाएका छन् । एक महिनासम्म लाग्ने यस मेला अवलोकन तथा बलि चढाउन नेपाल तथा भारतको विभिन्न स्थानबाट लाखौंको संख्यामा भक्तजन भेला हुन्छन् । देशमै सबभन्दा बढी बलि प्रदान हुने मेला गढीमाई रहेको छ ।

यता गढीमाई मेलाको विशेष पूजाको अवसरमा आज प्रदेश २ सरकारले सार्वजनिक विदा घोषणा गरेको छ । गत बुधबार बसेको मन्त्री परिषदको निर्णयले बाराको प्रसिद्ध गढीमाई मेलाको विशेष पूजाको उपलक्ष्यमा विदा दिने निर्णय गरेको थियो ।

मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले एक विज्ञप्ती जारी गरी ाजलाई प्रदेशभारि सार्वजनिक विदा दिएको जानकारी गराएको छ ।साभार: यात्राडेलि

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]