२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

जनकपुरमा:२८ औं अन्तर्राष्ट्रिय अपाङ दिवस

Logo
प्रकाशित बुधबार, मंसिर १८, २०७६

संतोष यादव,जनकपुरधाम।२८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मंगलबार जनकपुरधामा प्रभात फेरी मनाएको हो।

फोटो:सिबेन्द्र रोहिता

धनुषाका अपांगता भएकाहरूले सरकार र समाज दुवैबाट विभेदमा परेको गुनासो गरेका छन्। २८औँ अपांग दिवस मनाउन जनकपुरधाम आएका फरक क्षमता भएकाहरूले आफूहरू बजारमा घरभाडासमेत नपाउने गरेको गुनासो गरेका हुन्।

फोटो:सिबेन्द्र रोहिता

जनकपुरधाम १३ रामानन्द चौक घर भएका फरक क्षमताका शत्रुधन कर्णले समाजले अझै नराम्रो दृष्टिले हेर्ने गरेको बताए। उनले बजारमा घरभाडासमेत घरभेटीहरूले नदिने गरेको दुःखेसो पोखेका छन्।

अपाङ समाज जनकपुरको अध्यक्षसमेत रहेका उनले अपांगता भएकाहरूले सम्मानजक बाँच्ने अधिकार अझै पाउन नसेको पनि बताए। उनले सरकारको रबैया ठीक नै नभएको बताए। उनले सरकारको सोच अपाङमैत्री हुनुपर्ने बताए।

उनले भने, ‘घरपरिवार चलाउन मुस्किल परेको छ। हामी जस्ता अपाङहरूलाई राज्यले कम्तिमा रोजगार दिनुपर्छ। राज्यको हरेक निकायमा विशेष आरक्षणको व्यवस्था गर्नुपर्छ।’

विज्ञापन

उनले अपाङहरूलाई दिने गरेको भत्ता वृद्धि गर्न सरकारसँग मागसमेत गरे। अपाङहरूलाई विभेद गर्नेलाई कडा कारबाही हुनुपर्ने नीति बनाएपछि मात्र समाजले हेर्ने दृष्टि परिवर्तन हुने उनको बुझाइ छ।

जनकपुरधाम उपमहानगरपालिका १२ कुवाकी फरक क्षमताकी महिला राजकुमारी खत्बेले पनि सरकारमाथि आक्रोसित पोखिन्। उनले मात्र ६ सय रुपैयाँ भत्ता दिने गरेको भन्दै भत्ता बढाउनुपर्ने माग गरिन्। उनले भनिन्, ‘समाजको सोच अझै परिवर्तन हुन सकेका छैन। खुट्टाका कारण केही गर्न पाइदिनँ। अनी सबैले अपमान गर्छन्।’

शत्रुधन, जगदिस र राजकुमारीजस्तै पीडा अन्य फरक क्षमताका मानिसहरू रहेको छ। नेताले चुनावका बेला ठूलोठूलो सपना देखाए पनि सत्तामा पुगेपछि बिर्सिने गरेकोसमेत उनीहरूको गुनासो गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]