१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

इन्टर स्कुल टि-२० क्रिकेटको फाइनलमा शारदा र मनकामनाको भिडन्त

Logo
प्रकाशित बुधबार, मंसिर १८, २०७६

मनोज बनैता, लाहान।सिरहाको लहान स्थित पशुपति आदर्श उच्च- मा. वि को प्राङ्गणमा आयोजित टि-२० क्रिकेट प्रतियोगितामा लाहान मनोकामना र शारदा स्कुल बिहीवार फाईनलका लागि भिडने छन ।

लाहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरसिपमा संचालित स्कुल स्तरीय टि – 20 क्रिकेट प्रतियोगितामा मंगलबार सेमिफाइनल खेलमा श्री शारदा नमुना स्कुल र लहान मनोकामना स्कुल विजय हुदै फाइनलमा भिड्ने भएका छन्। प्रतियोगिता अन्तर्गत हिमालयन विधा निकेतन स्कुल र श्री शारदा नमुना स्कुल  बीच सम्पन्न पहिलो सेमी फाइनल खेलमा हिमालयन स्कुलले टस जितेर पहिला ब्याटिंग गर्दै १६ ओभर २ बलमा सबै विकेट गुमाउदै ६१ रन बनाएका थिए।

हिमालयनका लागि रुपेश यादव २७ बलमा १६ रन, मिथिलेश यादव ३१ बलमा १३ रन र रोशन चौधरीले ८ बलमा ११ रन बनाएका थिए। बलिङ्ग तर्फ शारदा बाट नबिन यादव ३ ओभर २ बलमा ९ रन खर्चेर ३ विकेट, अजित साह ४ ओभरमा १५ रन खर्चेर ३ विकेट र सर्विन यादव ४ ओभरमा १० रन खर्चेर २ विकेट लिदै हिमालयन लाई ६१ रनमा अल आउट गर्न सफल भए।

यसै बीच ६२ रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिंग गर्न मैदानमा उत्रेका शारदा स्कुलका खिलाडिहरुले ११ ओभर ३ बलमा ५ विकेट गुमाई ६२ रन बनाउदै हिमालयन स्कुललाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएका छन। शारदा स्कुलका लागि नबिन यादव १३ बलमा १९ रन , आशिष झा २० बलमा १६ रन नट आउट र इन्दिप यादवको ११ बलमा ११ रनको यागदानका साथै अन्य अतिरिक्त रनको मद्दतले शारदा ५ विकेटले विजय भए । बलिङ्ग तर्फ हिमालयन स्कुलका मिथिलेश यादव ४ ओभरमा २२ रन दिएर ३ विकेट , रुपेश यादव १ ओभरमा ६ रन दिएर १ विकेट र हर्षित सोनी २ ओभर ३ बलमा १४ रन खर्चेर १ विकेट लिएर चित्त बुझाए। खेलमा उत्कृष्ट प्रदर्शन गरेको श्री शारदा स्कुलका नविन यादव म्यान अफ द म्याच घोषित भए। खेलका निर्णायक एम्पायरमा संजय चौधरी र देवेन्द्र साह रहेका थिए।

मङ्गलवार कै दिन बेबी एन्जल स्कुल र लहान मनकामना स्कुल बीच सम्पन्न दोस्रो सेमी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै बेबी एन्जल स्कुलले १९ ओभर २ बलमा अल आउट हुदै सम्मानजनक ९४ रन बनाएका थिए । बेबी एन्जल स्कुलका लागि पप्पु यादव ४९ बलमा ३८ रन, बबी यादव ३५ बलमा १४ रन , चन्द्रकान्त कामैतले ३ बलमा ४ रनको योगदान दिएका थिए। यता मनकामना  स्कुलको तर्फ बाट संजिव दास ५ ओभरमा ५ रन दिएर ४ विकेट ,शिशिर चौधरी ३ ओभर २ बलमा ८ रन खर्चेर ४ विकेट र अभिषेक साहले ३ ओभरमा ११ रन दिएर १ विकेट लिएका थिए ।

यसै बीच ९५ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका मनकामना स्कुलका खिलाडीहरुले १४ ओभर ४ बलमा ४ विकेटको क्षतिमा ९६ रन बनाउदै ६ विकेटले विजय लक्ष्य फेला पार्दै फाइनलमा शारदा संग भिड्ने भएका छन्। मनकामना स्कुलका तर्फ बाट अभिषेक साह ५६ बलमा हापसेंचुरी बनाउदै ६१ रनको योगदान दिए भने ,ऋतिक पासवान ५ रन र तलिफ़ खान २ रन बनाएका थिए। बलिङ्ग तर्फ बेबी एन्जल स्कुलका पप्पु यादव २ ओभर ४ बलमा १६ रन ,कमल यादव ३ ओभरमा १६ रन खर्चेर १ विकेट र कामेश्वर मुखिया २ ओभरमा २२ रन खर्चेर १ विकेट लिएका थिए ।खेलमा उत्कृष्ट प्रदर्शन गरेका मनकामना स्कुलका अभिषेक साह म्यान अफ द म्याच घोषित भएको स्कोरर कशिंद्र दासले जानकारी दिए।खेलका निर्णायक एम्पायरमा सुमित चन्द्र देव र संजय चौधरी रहेका थिए।

प्रतियोगिता अन्तर्गतको फाइनल खेल २०७६ मंसिर १९ गते विहिबार विहान ११ बजे देखि हुने आयोजकले जनाएका छन् । फाइनलमा श्री शारदा स्कुल र लहान मनकामना स्कुल आमुने -सामुने हुने छन्। प्रतियोगितामा विजेता हुने स्कुललाई नगद रु, २५ हजार ,शिल्ड ,मेडल र प्रमाण-पत्र प्रदान गरिने छन् ,भने उप-विजेता स्कुललाई नगद रु,१५ हजार , शिल्ड ,मेडल र प्रमाण-पत्र प्रदान गरिने आयोजक लहान क्रिकेट क्लवका अध्यक्ष  राकेश अधिकारीले जानकारी दिए। प्रत्येक म्यान अफ द म्याच भएका खिलाडी लाई एक जोर स्पोर्ट शु , त्यस्तै बेष्ट ब्याट्सम्यान , बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डर लाई एबी मलको तर्फ बाट ३ हजारको सपिङ्ग भाउचर र म्यान अफ द सिरिज हुने खिलाडी लाई ५ हजारको सपिङ्ग भाउचर प्रदान गरिने प्रतियोगिताका संयोजक सुमित चन्द्रदेवले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]