१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

बलात्कार प्रयासको आरोपमा पत्रकार पक्राउ, स्थानीय नेता मिलाउने प्रयासमा

Logo
प्रकाशित बुधबार, मंसिर १८, २०७६

न्युज मधेस डेस्क
जनकपुरधाम,१८ मंसिर ।अर्घाखाँची घर भई गुल्मी बस्दै आएका एक पत्रकार बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्।

पत्रकार शिव सुवेदीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार पक्राउ गरेको हो। आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै बुटवलकी १६ वर्षीया एक युवतीले किटानी जाहेरी दिएको चार दिनपछि सुवेदी पक्राउ परेका हुन्।

सुवेदीलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीले ४ दिनको म्यादसमेत दिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खडकबहादुर खत्रीका अनुसार सुवेदीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।

उनका अनुसार किटानी जाहेरीमा उक्त घटनामा पत्रकार रिया बस्नेत र प्रकाश न्यौपानेको पनि संलग्नता रहेको जिकिर गरिएको छ। प्रहरीले उनीहरुलाई पनि खोजी गरिरहेको छ।

यसरी भयो घटना

मंसिर पहिलो साता लुम्बिनीमा तीन दिने न्यूज फेस्टिभल आयोजना भएको थियो। काठमाडौंसहित विभिन्न जिल्लाका पत्रकारहरु कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रमको पहिलो दिन नै गुल्मी घर भई बुटवलमा पत्रकारिता गरिरहेकी रिया बस्नेतले बुटवलको स्थानीय एफएममा काम गर्ने १६ वर्षीया एक युवतीलाई साथमा ल्याएकी थिइन्।

ती युवतीका अनुसार देशभरका पत्रकारहरुसँग भेटघाट हुने भन्दै रियाले उनलाई ल्याएर लुम्बिनीकै एक होटलमा राखेकी थिइन्।

नेपाल समयसँग कुराकानी गर्दै पीडित युवतीले भनिन्, ‘गोर्खाली युवा सशक्तीकरण संस्थामा रिया दिदीसँग चिनजान भएको थियो। उहाँले लुम्बिनीमा ठूल्ठूला पत्रकारहरुसँग भेटाइदिने भन्दै लिएर आउनु भयो। साँझ होटलमा रिया दिदी, प्रकाश न्यौपाने, शिव सुवेदी र म बसेका थियौं। उहाँहरु रक्सी खाँदै हुनुहुन्थ्यो। एक छिनमा प्रकाशले रिया दिदीलाई लिएर बाहिर निस्किनु भयो। केहीबेरमा शिव सुवेदी पनि गए। तर बाहिरबाट ढोका लगाए। एकछिनमा शिव सुवेदी फेरि फर्केर आए। आउनेबित्तिकै मलाई जबरजस्ती गर्न खोजे। मैले रिया दिदीलाई पनि फोन गरेँ, उहाँले आफू कार्यक्रम स्थलमा भएकोले आउन नमिल्ने भन्नु भयो। मैले गुहार मागेँ तर कोही आएन।’

जबरजस्ती गर्न थालेपछि झ्यालबाट हामफालेर बाहिर निस्केको उनले बताइन्। भरखरै स्थानीय रेडियोमा बाल कार्यक्रम चलाउन थालेकी उनले आफूमाथि रिया र प्रकाशकै मिलेमतोमा शिव सुवेदीले बलात्कारको प्रयास गरेको दाबी गरिन्।

उनले ११ मंसिरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता गराएकी थिइन्। घटना मिलाउन दबाब आएको पीडितका बुवाले बताए। ‘यहाँका वडाध्यक्ष र केही नेताहरुले दबाब दिएका छन्। पैसा लिएर पनि घटना मिलाउन भन्दैछन्,’ उनले भने।

साभार:नेपाल समयबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]