२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

सप्तरीका पत्रकार झाको घर मा प्रहरीको खानतलासी बदनियतपुर्ण, महासंघको घोर आपत्ति

Logo
प्रकाशित बुधबार, मंसिर १८, २०७६

 

मनोज बनैता, सिरहा, १८ मंसिर। सप्तरीका इलाका प्रहरी कार्यालय हनुमाननगरका एक प्रहरी टोलीले बिना कारण नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक अवधेशकुमार झाको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपास्थित निवासमा बुधवार दुई पटक खानतलासी गरेको छ ।

गाँजा फडानी अभियानको क्रममा प्रहरी टोली तोपा पुगेर केही स्थानीयहरुको बारीमा रहेको गाँजा बोट नष्ट गरेपनि केन्द्रीय सदस्य झाको घरमा जाँदा गाँजा फेला नपरेपछि फर्किएको थियो । तर, पुनः दोश्रो पटक प्रहरी टोली जर्बजस्ती झाको घरमा प्रवेश गरी घरमा एक्लै रहनुभएकी झाकी ९० वर्षिया हजुरआमालाई दुब्र्यवहार गर्दै घर खानतलासी गरेको छ । नेपाल प्रहरी ले देउता घर (गोसाइँ घर) समेतमा पटक पटक खानतलासी गर्दा पनि केही फेला परेन ।

यसरी बिना कारण गाँजा फडानीको नाममा केन्द्रीय सदस्य झाको घरमा प्रहरीले सामान्य मर्यादासमेतको ख्याल नगरी यसरी गरिएको हर्कत र ज्यादतीप्रति खेद प्रकट गर्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीले विज्ञप्ती जारी गरेको छ । यसरी बिना कारण घर खानतलासी गर्न पुगेका प्रहरी टोलीका नेतृत्वकर्तासमेतलाई अविलम्ब कारबाही गर्न सप्तरीका प्रहरी उपरीक्षकसँग हामी जोडदार माग गर्दछौं भनेर विज्ञप्तीमा उल्लेख गरिएको छ । घटनाको घोर भत्सर्ना गर्दै आईन्दा यस्तो घटना नदोहर्याउन समेत प्रहरीलाई यसै विज्ञप्ती मार्फत सचेत गरिएको छ ।
खानतलासी गर्ने प्रहरी टोलीलाई अविलम्ब कार्यवाही नगरिए नेपाल पत्रकार महासंघ शाखा सप्तरी कडा संघर्षमा उत्रिन बाध्य हुने र जसको जिम्मेवार स्वंयम प्रहरी हुने चेतावनीसमेत यसै प्रेस विज्ञप्ती मार्फत जानकारी दिईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]