०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

सप्तरीका पत्रकार झाको घर मा प्रहरीको खानतलासी बदनियतपुर्ण, महासंघको घोर आपत्ति

Logo
प्रकाशित बुधबार, मंसिर १८, २०७६

 

मनोज बनैता, सिरहा, १८ मंसिर। सप्तरीका इलाका प्रहरी कार्यालय हनुमाननगरका एक प्रहरी टोलीले बिना कारण नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक अवधेशकुमार झाको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपास्थित निवासमा बुधवार दुई पटक खानतलासी गरेको छ ।

गाँजा फडानी अभियानको क्रममा प्रहरी टोली तोपा पुगेर केही स्थानीयहरुको बारीमा रहेको गाँजा बोट नष्ट गरेपनि केन्द्रीय सदस्य झाको घरमा जाँदा गाँजा फेला नपरेपछि फर्किएको थियो । तर, पुनः दोश्रो पटक प्रहरी टोली जर्बजस्ती झाको घरमा प्रवेश गरी घरमा एक्लै रहनुभएकी झाकी ९० वर्षिया हजुरआमालाई दुब्र्यवहार गर्दै घर खानतलासी गरेको छ । नेपाल प्रहरी ले देउता घर (गोसाइँ घर) समेतमा पटक पटक खानतलासी गर्दा पनि केही फेला परेन ।

यसरी बिना कारण गाँजा फडानीको नाममा केन्द्रीय सदस्य झाको घरमा प्रहरीले सामान्य मर्यादासमेतको ख्याल नगरी यसरी गरिएको हर्कत र ज्यादतीप्रति खेद प्रकट गर्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीले विज्ञप्ती जारी गरेको छ । यसरी बिना कारण घर खानतलासी गर्न पुगेका प्रहरी टोलीका नेतृत्वकर्तासमेतलाई अविलम्ब कारबाही गर्न सप्तरीका प्रहरी उपरीक्षकसँग हामी जोडदार माग गर्दछौं भनेर विज्ञप्तीमा उल्लेख गरिएको छ । घटनाको घोर भत्सर्ना गर्दै आईन्दा यस्तो घटना नदोहर्याउन समेत प्रहरीलाई यसै विज्ञप्ती मार्फत सचेत गरिएको छ ।
खानतलासी गर्ने प्रहरी टोलीलाई अविलम्ब कार्यवाही नगरिए नेपाल पत्रकार महासंघ शाखा सप्तरी कडा संघर्षमा उत्रिन बाध्य हुने र जसको जिम्मेवार स्वंयम प्रहरी हुने चेतावनीसमेत यसै प्रेस विज्ञप्ती मार्फत जानकारी दिईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]