२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

Logo
प्रकाशित बिहिबार, मंसिर १९, २०७६

मनोज यादव
सर्लाही,१९ मंसिर ।सर्लाहीको सदरमुकाम मलंगवामा स्थित गम्हरियामा आज मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा नपा वडा न-११ गम्हरीया स्थित गंगा फ्युल सेन्टर(पेट्रोल पम्प )नजिक दिउँसो करिब सवा १२ बजे ना ४३ प ५६९१ नम्बरको मोटरसाईकलले पैदल यात्री सोही नगरपालिका वडा न–७ गणेशिया घरभएका अन्दाजी ५५ वर्षिय धरिक्षण रायलाई ठक्कर दिँदा ज्यान गएको प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता प्रतित सिंह राठौरले जानकारी दिनुभएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका रायलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी प्रवक्ता राठौरले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाईकल र चालक लालबन्दी वडा न -१ कै २६ वर्षिय अवलेश मिकरानीलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा रखेर थप अनुसंधान भइरहेको प्रहरीले जानकारी दिएको छ ।मृतक रायको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]