३१ भाद्र २०८२, बुधबार
17-09-2025 , Wed
×

मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

Logo
प्रकाशित बिहिबार, मंसिर १९, २०७६

मनोज यादव
सर्लाही,१९ मंसिर ।सर्लाहीको सदरमुकाम मलंगवामा स्थित गम्हरियामा आज मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा नपा वडा न-११ गम्हरीया स्थित गंगा फ्युल सेन्टर(पेट्रोल पम्प )नजिक दिउँसो करिब सवा १२ बजे ना ४३ प ५६९१ नम्बरको मोटरसाईकलले पैदल यात्री सोही नगरपालिका वडा न–७ गणेशिया घरभएका अन्दाजी ५५ वर्षिय धरिक्षण रायलाई ठक्कर दिँदा ज्यान गएको प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता प्रतित सिंह राठौरले जानकारी दिनुभएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका रायलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी प्रवक्ता राठौरले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाईकल र चालक लालबन्दी वडा न -१ कै २६ वर्षिय अवलेश मिकरानीलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा रखेर थप अनुसंधान भइरहेको प्रहरीले जानकारी दिएको छ ।मृतक रायको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]