२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

विगत ४ महिना देखी अबरुद्ध रहेको सडक ,युवाहरुको पहलमा सुचारु

Logo
प्रकाशित शुक्रबार, मंसिर २०, २०७६

न्यूजमधेश समाचारदाता
सिक्रोन,२० मंसिर।सिरहा जिल्लाको मिर्चैया नगरपालिका १२ स्थित सिक्रोनबाट पिरारी जाने अबरुद्ध रहेको बाटो स्थानीय युवाहरुको पहलमा मंगलबारदेखी सुचारु भएको छ।

स्थानीय सरकारलगायत कुनै पनि निकायले चासो नदेखाएपछि युवाहरुको आर्थिक सहयोगमा सडक मर्मत गरेको स्थानीय युवा अरुन सहनीले जानकारी दिएको छ।

सहनीले भने सिक्रोनबाट पिरारी जाने बाटो विगत ४ महिना भन्दा बढी दिन देखी अबरुद्ध रहेको थियो।उक्त सडक मर्मत गराउनको लागि स्थानीय जनप्रतिनिधिलाई पटकपटक भनेपनि कुनै वास्ता नगरेपछि स्थानीय युवाहरु आ-आफ्नो स्तरबाट आर्थिक सहयोग गरेर सडक मर्मत गराएको छ।

स्थानीयवासीको व्यापारिक केन्द्र महेन्द्रराज मार्ग जोड्ने सबैभन्दा छोटो रुटमा पर्ने उक्त सडकखण्डमा मोटरसाइकलसमेत सञ्चालन नहुनेगरी बिग्रिएपछि मर्मत गराएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]