१४ माघ २०८२, बुधबार
28-01-2026 , Wed
×

धेरै बच्चा जन्माए हुन्छ आमालाई मुटु रोगको बढी खतरा

Logo
प्रकाशित शुक्रबार, मंसिर २०, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम, २० मंसिर ।पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ ।“यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्वन्धित गराइएको थियो, ती अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका बारेमा अध्ययन गरिएको छ,” अध्ययनकर्ताहरूले भनेका छन् ।

उनीहरुका अनुसार अहिले भने परिवारको आकार वा बच्चाको सङ्ख्या र महिलालाई हुने मुटु रोगको सम्भावनाका बारेमा अध्ययन गरिएको छ ।यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता सारा हिप्पले पाँच वा पाँच भन्दा बढी बच्चा भएका ३० प्रतिशत बाबुआमालाई विभिन्न प्रकारको मुटुसम्वन्धी रोग भएको पाइएको जानकारी दिनुभयो ।

तर एक वा दुई सन्तान भएका मध्ये २२ प्रतिशत बाबुआमालाई मात्रा यस्तो समस्याहरू देखिएको उहाँले बताउनुभयो ।त्यसैगरी बालबालिका नै नभएकामध्ये २१ प्रतिशतलाई मुटुसम्वन्धी समस्याहरु हुने गरेको पाइएको अध्ययनले देखाएको छ ।यो अध्ययन “जर्नल अफ एजिङ एण्ड हेल्थ”मा प्रकाशित भएको छ । अध्ययनमा झण्डै २५ हजार जना समेटिएका थिए । उनीहरु ५० बर्ष वा त्यो भन्दा धेरै उमेरका थिए ।

अध्ययनमा सहभागी भएकामध्ये झण्डै एक चौथाई व्यक्तिहरू दुई बर्षदेखि मुटुसम्वन्धी रोग रहेको बताएका चिकित्सकहरूले जनाएका थिए ।“अध्ययनले महिला पुरुष दुवैलाई जति धेरै बच्चा भयो त्यति धेरै मुटु रोगको समस्या हुने गरेको देखाएको छ,” अध्ययनकर्ता हिप्पले भन्नुभयो । वासिङ्टन, रासस÷एएनआई

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]