१५ कार्तिक २०८२, शनिबार
01-11-2025 , Sat
×

इन्टर स्कुल क्रिकेट खेलमा मनकामना स्कुलको ह्याट्रिक

Logo
प्रकाशित शुक्रबार, मंसिर २०, २०७६

मनोज बनैता/ फिरोज शेख
सिरहा, २० मंसिर। सिरहाको लहानमा आयोजित लहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरमा सम्पन्न इन्टर स्कुल टि – 20 क्रिकेट प्रतियोगिता अन्तर्गत विहिवार सम्पन्न फाइनल खेलमा श्री शारदा नमुना स्कुल लाई ३ विकेटले हराउदै लहान मनोकामना स्कुल तेस्रो पटक लगातार उपाधि उचाल्दै ह्याट्रिक गर्न सफल भएका छन्।

उपाधिका लागि प्रवल दावेदार मानिएका श्री शारदा स्कुलका खिलाडीहरुले सम्मान जनक प्रदर्शन गर्न नसक्दा सस्तैमा समेटिएका थिए।टस जितेर पहिला ब्याटिंग गर्न आएका शारदा स्कुलले १२ ओभर ५ बलमा अल आउट हुदै मात्र ४४ रनमा समेटिएका थिए। शारदा स्कुलका लागि नविन यादव १४ बलमा १६ रन,रोशन यादव १२ बलमा ७ रन र अजित साह ११ बलमा ५ रन बनाउनु बाहेक मनकामना स्कुलको धारिलो,कसिलो बलिङ्ग र उत्कृष्ट फिल्डिंगका अगाडी कुनै पनि खिलाडीले राम्रो प्रदर्शन गर्न सकेनन। शारदा स्कुललाई ४४ रनमा समेट्न मनकामना स्कुलका तर्फ बाट सन्दिप दास ३ ओभर ५ बलमा १३ रन दिएर ५ विकेट , शिद्धार्थ मण्डल ४ ओभरमा १३ रन दिएर ४ विकेट र शिशिर चौधरी १ ओभरमा २ रन दिएर १ विकेट लिदै उत्कृष्ट बलिङ्गको प्रदर्शन गर्दै शारदा स्कुललाई ४४ रनमै प्याक गर्न सफल भएका थिए।

यसै बीच ४५ रनको सामान्य लक्ष्यका साथ मैदानमा उत्रेका मनकामना स्कुल उपाधिका लागि संघर्ष गर्दै ९ ओभर १ बलमा ७ विकेट गुमाई ४७ रन बनाउदै शारदा स्कुललाई ३ विकेटले पराजित गर्दै ह्याट्रिक गर्दै तेस्रो पटक उपाधि उचालन सफल भएका छन्। मनकामनाका लागि सिद्धार्थ मण्डल १८ बलमा ९ रन , तलिफ हुसैन १५ बलमा ८ रन र संजिप दस ४ बलमा ८ रन बनाउदै अन्य अतिरिक्त रनको सहयोगमा अन्तिम तथा निर्णायक फाइनल खेल जित्दै उपाधि विजेता भएका छन्। शारदा स्कुलका तर्फ बाट अजित साह ३ ओभरमा ५ रन खर्चेर २ विकेट ,रोशन यादव २ ओभरमा १४ रन दिएर २ विकेट र सर्बिन यादव १ ओभरमा ७ रन खर्चेर १ विकेट लिए पनि आफ्नो स्कुललाई पराजित हुन् बाट जोगाउन सकेनन। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका संजिप दास म्यान अफ द फाइनल घोषित भए। प्रतियोगिताको अन्तिम तथा फाइनल खेलको निर्णायक एम्पायरमा संजय चौधरी र सुमित चन्द्र देव रहेका थिए भने म्याच रेफ्रीमा देवेन्द्र साह , स्कोरर कशिंद्र दास ,कमनटेटर राधे मण्डल र अजय महतो रहेका थिए।

यसै बीच एक कार्यक्रम आयोजना गरि विजेता , उपविजेता लगायत प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गरेका खिलाडीहरुलाई पुरस्कार वितरण
गरिएको छ। लहान क्रिकेट कल्वका अध्यक्ष राकेश अधिकारीको अध्यक्षता तथा प्रतियोगिताको टाइटल स्पोन्सर एबी मल सिरहा सुपरमार्केट गोलबजार ६ का संचालक जागिर अन्सारीको प्रमुख आतिथ्य र एबी मल सिरहा सुपरमार्केटका सीईओ पिन्टु राउत , शास्त्र प्रहरी वेस क्याम्प लहानका डिएसपी अर्जुन सापकोटा लहान सिटि जेसिजका अध्यक्ष राजु मण्डल , रेडियो सरगम ९३ मेगहर्जका प्रवन्ध निर्देशक फिरोज शेखको विशिष्ट आतिथ्य तथा एबी मलका सुपर भाइजर जफिर अन्सारी,एबी मलका प्रोटक्युपमेंट म्यानेजर महेश कार्की , ईलाका प्रहरी कार्यलय लहानका इनेस्पेक्टर सुमित कुशवाहा , पत्रकार मनोज बनैता,समाजवादी पार्टी प्रदेश २ कि महिला सदस्य ललिता दास ,एबी मलका एडमिन इन्चार्ज सुदिप राउत , नेपाल महिला क्रिकेट टिमका कविता गौतम , सन्तोषी चौधरीको आतिथ्यमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा इमेर्जिंग प्लेयर आयुष बिक ( जिवि साव स्कुल) ,बेस्ट किपर सजाद अन्सारी ( बेबी एन्जल स्कुल ),बेस्ट फिल्डर कृष्णा साह ( मनकामना स्कुल ),बेस्ट बलर ललित रजक १८ विकेट ( प्यारागन स्कुल ),बेस्ट ब्याट्सम्यान अभिषेक साह १७० रन ( मनकामना स्कुल ) र म्यान अफ द सिरिज नविन यादव भएका छन् ।नवीनले प्रतियोगिता भरि उत्कृष प्रदर्शन गर्दै १०७ रन र १७ विकेट लिन सफल भएका थिए। प्रतियोगिताको अवधिमा विभिन्न विदामा उत्कृष्ट भएका खिलाडीहरुलाई अध्यक्ष तथा उपस्तिथ अतिथिहरुको हात बाट पुरस्कार वितरण गरिएको थियो।

यसै बीच प्रतियोगिताको फाइनलमा विजेता भएका लहान मनकामना स्कुललाई प्रमुख अतिथि एबी मलका संचालक जागिर अन्सारी लगायत उपस्थित अतिथिहरुको सहभागितामा नगद रु, २५ हजार ,शिल्ड ,मेडल र प्रमाण-पत्र प्रदान गरिएको छ। भने उप-विजेता श्री शारदा नमुना स्कुललाई नगद रु,१५ हजार , शिल्ड ,मेडल र प्रमाण-पत्र प्रदान गरिएको छ। कार्यक्रमा उपस्थित सम्पूर्ण अतिथि तथा सहयोगी संस्थाहरु लाई कदर-पत्रले सम्मान गरिएको थियो,भने एबी मलका संचालक जागिर अन्सारी , सीईओ पिन्टु राउत , सिटि जेसिज लहानका अध्यक्ष राजु मण्डल तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेखलाई कदर -पत्र सहित दोसल्लाह ओढाएर सम्मान गरिएको थियो।

लहानमा अवस्थित पशुपति आदर्श माविको प्रांगणमा आयोजित प्रतियोगितामा अजय महतो,हरिश चन्द्रदेव,देबु चौधरी,सोनु मण्डल,अनिश मण्डल,बिबेक मण्डल,रमेश मण्डल ,रामाशिष मण्डल ,रोहित मण्डल ,सुरज चौधरी लगायतले प्रतियोगिता अवधिभर खेल व्यवस्थित गर्न निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।कार्यक्रममा शारदा स्कुल र मनकामना स्कुलका विधयार्थीहरुले विभिन्न गित संगीतमा संस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए। प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्ज रहेका थिए।सुमित चन्द्रदेवको संयोजकत्मा कार्तिक २८ गते बाट प्रतियोगिता संचालन भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]