११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

ग्रिनसिटी सामुदायिकद्वारा जिल्ला प्रमुख अधिकारी भट्टराईलाई सम्मान एवम् बिदाई ( फोटो फिचर )

Logo
प्रकाशित शुक्रबार, मंसिर २०, २०७६

संतोष रन्जितकार
वीरगंज,२० मंसिर ।ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगंजले बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई सम्मान एवम् बिदाई गरेको छ।

पर्साबाट सरुवा भएर चितवन जानुभएका भट्टराईले वीरगंज बसाईको क्रममा वीरगंजको बिकास लगायत अन्य क्षेत्रमा खेलेको अहम भुमिकाको उच्च मुल्यांकन गर्दै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगंजका अध्यक्ष जयप्रकाश खेतानद्वारा आज दोसल्ला ओढाई तथा मायाको चिनो प्रदान गरी सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी भट्टराइले वीरगंज बासीले दिएको माया र वीरगंजको बसाई आफु जहाँ गएपनि स्मरण रहीरहने बताउनुभयो । साथै आफु जहाँ गएपनि वीरगंजको बिकासको निम्ति कटिबद्ध रहेको बताउनुभयो ।

वीरगंज ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक निर्मल पनेरु लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]