०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

महिला डाक्टर जलाइएको अभियुक्तमा पक्राउ परेका चार युवकलाई प्रहरीले इन्काउन्ट गरे

Logo
प्रकाशित शुक्रबार, मंसिर २०, २०७६

एजेन्सी, २० मंसिर । भारतको हैदरावादमा महिला चिकित्सकलाई जलाईएको घटनामा संग्लन चारजना अभियुक्तलाई भारतीय प्रहरीले इन्काउन्टर गरेको छ।

कुख्यात बलात्कार काण्डमा समातिएका चार जना अभियुक्तहरुलाई बुधबार प्रहरी हिरासतमै राखिएको थियो । तर बिहबार राति महिला चिकित्सक जलाइएकै स्थानमा लगेर उनीहरुलाई इन्काउन्टर गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हैदराबाददेखि करिब ५० किलोमिटर टाढा पर्ने महबूब नगरस्थित चटनपल्ली गाउँमा बलात्कार एवं हत्यामा संलग्न अभियुक्तहरुलाई तेलङ्गना प्रहरीले गोली ठोकेको हो ।आफुहरुमाथि नै आक्रमण प्रयास गरेपछि प्रतिकार गर्दा अभियुक्तहरु मारिएको प्रहरीले दाबी गरेको छ ।

२८ नोभेम्बरका दिन हैदराबादमा जलाएर हत्या गरिएको अवस्थामा २६ वर्षीय महिला चिकित्सकको शव बरामद गरिएको थियो। अनुसन्धानका क्रममा ती महिलामाथि बलात्कार समेत भएको पत्ता लागेको थियो ।
यो घटनापश्चात संदिग्धहरुलाई गिरफ्तार गरी १४ दिनसम्म न्यायिक हिरासतमा राखिएको थियो । न्यायिक हिरासतबाट बुझाएलगत्तै प्रहरीले चारै जनालाई इन्काउन्टरमा मारिदिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]