०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

महोत्तरीमा लोडेर पेस्तोल सहित ५ राउन्ड गोलि बरामद

Logo
प्रकाशित शुक्रबार, मंसिर २०, २०७६

नविन चौधरी
जलेश्वर ,२० मंसिर । महोत्तरीमा एक थान लोडेड पेस्तोल बरामद भएको छ । सशस्त्र प्रहरी विओपी जलेश्वरबाट खटिएको गस्ती टोलीले जिल्लाको जलेश्वर नगरपालिका वार्ड नं ६ धबौलीबाट एक थान पेस्तोल, त्यसमा प्रयोग हुने ५ राउण्ड गोली र एउटा म्यागजिन बरामद गरेको हो ।

इन्डियन ओरनान्स कम्पनीबाट २००५ सालमा बनेको ७.६५ एमएम पेस्तोल फेला परेको हो ।
बरामद भएको पेस्तोल गोली र म्यागजिन आवश्वयक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुमmाउँने तयारी भइरहेको शस्त्र प्रहरी नं ९ गणका गणपति निरकृष्ण अधिकारीले जानकारी दिए ।

यसअघि हिजो बिहीबार जलेश्वर ६ धवौलीमा प्रहरीले बेबारिशे शव बरामद समेत गरेको थियो । नाम ठेगाना खुल्न नसकेको करिब ३२ बर्षिय युवकको शव बरामद भएको थियो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । जिल्लामा अपराधिक घटना भइरहेपनि प्रहरीको फितलो अनुसन्धानका कारण अपराधिहरु कानुनी दायरमा आउन सकेका छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]