०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

सप्तरीमा भन्सार छलिका विभिन्न अबैध समानहरु बरामद

Logo
प्रकाशित शनिबार, मंसिर २१, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज, २१ मंसिर । सप्तरीको बादेवर्साइन वडा नं.७ फुलहारा स्थितबाट बेबारिसे अबस्थामा अवैध भन्सार छली चोरी पैठारी सरसमानहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कडरबोनाको एरिया ईलाका अन्तर्गत जिल्लाको बादेवर्साइन वडा नं.७ फुलहारा स्थितबाट बेबारिसे अबस्थामा अवैध भन्सार छली चोरी पैठारी गरी ल्याईएको समानहरु बरामद बिहिवार गरेको हो ।

ईलाका प्रहरी कार्यालय कडरबोनाको अनुसार टोपी, अण्डर वेयर, लेडिज ज्याकेट, ट्राउजर जम्मा चालिस हजार छ सय , बलाङ्केटको खोल, कुर्ता सुरवाल सेट, लेडिज ज्याकेट, ट्राउजर जम्मा तेईस हजार पाँच सय पचास,मामा श्री रक्सी २२० पिस अं.मुल्य जम्मा चार हजार चार सय र अनार २१० किलो ग्राम जम्मा बयालिस हजार बराबरको सामानहरु फेला पारी बरामद गरेका छ्न ।

यसैगरी उक्त बरामद गरेको समानहरुलाई आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठी कोईलाडी सप्तरीमा पठाईएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]