२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

मोडल पुष्पाले दर्शकलाई बनाइन भावुक

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम, २२ मंसिर। जनकपुरको तिरहुतिया गाछीमा शनिवार भएको प्रादेशिक संगीत यात्रामा दर्शकहरु रमाइरहेका थिए ।

विभिन्न गित तथा नृत्यले दर्शकहरु झुमिरेहका थिए ।
त्यसैबेला मोडल पुष्पा यादबले एकल नाटक मंचन गरेपछि दर्शकहरु भावुक भए । खुसी देखिएका दर्शकहरुको अनुहार मलिन बन्यो । अहिले पनि मधेसमा कमै उमेरमा छोरीको विहे हुन्छ र दाइजोका कारण जिउदै जलाउने गरेको विषयवस्तु समेटिएको एकल नाटक मोडल पुष्पाले प्रस्तुत गरिन् ।

उनले एक्लै आमा, ससुरा, छोरी र पतिको भुमिका निर्वाह गरिन् । उनको नाटकमा जब आगोमा जलिरहेको दृष्य देखाइयो अनी सबै दर्शक भावुक भए । उनको प्रस्तुतीपछि पुनः मनोरञ्जनका कार्यक्रम सुरु भयो । भोजपुरी, हिन्दी र मैथिली गित तथा नृत्य देखाएर कलाकारहरुले दर्शकलाई झुमाए ।
कार्यक्रम हेर्न टिकटको व्यवस्था गरिएपनि सयौं दर्शक थिए । कार्यक्रमको अन्त्यतीर भोजपुरी सुपरस्टार नायिका रानी चटर्जीले समेत नृत्य र गित गाएपछि दर्शकहरु उत्साहित बनेका थिए ।-जनकपुर टुडे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]