०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

लाहानमा राजपा पार्टीको मुहार फेरिदै, नगर अधिवेशन भव्यताका साथ सम्पन्न

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

मनोज बनैता, सिरहा, २२ मंसिर । गत केही महिना देखि विवादमा चुलिएको राजपा पार्टीका लाहान नगर कमिटीले ” हम मधेसी एक ची” भने मुल नाराको साथ आफ्नो नगर अधिवेशन भव्यताको साथ सम्पन्न गरेको छ ।

राजपा नेपालको लहान नगर अधिवेशनमा २४ सौ वडाका वडा तदर्थ समितिहरुको रोहबरमा पार्टीका केन्द्रिय सदस्य डा.महादेव साहको अध्यक्षतामा समपन्न भएको छ। २१ गते शनिबार लाहान स्थित गोपाल सेवा सदनमा गरिएको सम्मेलनमा रा.ज.पा.नेपाल लाहान नगर सम्मेलन,प्रदेश सम्मेलन र क्षेत्रीय सम्मेलन बाट क्रमशः  ल.न.पा.नगर अध्यक्ष मो.आलम, प्रदेश १ (क ) मा अध्यक्ष उमेश सिंह , प्रदेश १ (ख) मा अध्यक्ष सिमा विश्वास र क्षेत्रीय अध्यक्षमा शत्रुधन मण्डल सर्व  सहमतिबाट चयन गरिएको छ ।

अधिवेशनको अध्यक्षता के.सदस्य तथा प्रत्यासी मेयर डा. महादेव साहको अध्यक्षतामा के.सदस्य रोहित महतो ,भरत साह, अभिषेक शर्मा , देवनारायण साह, राकेश झा,जिल्ला संयोजक रामदयाल यादव, श्रवण झा, उपेन्द्र सिंह, जिल्ला उपाध्यक्ष मनोज सिंह , क्षेत्रीय अध्यक्ष मो. गुलाव , प्रेस मंच के. सदस्य बिरेन्द्र यादव (बिरु), विद्यार्थी मंच के.सदस्य बिजय यादव , पुर्व नगर अध्यक्ष शत्रुधन मण्डल लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

२४ सै वडाका वडा तदर्थ कमिटीहरुको रोहबरमा लहान नगर अध्यक्षमा आन्दोलनकारी मो.आलम , क्षेत्रीय अध्यक्षमा शत्रुधन मण्डल , प्रदेश १(क)अध्यक्षमा उमेश सिंह लगायत ७१ सदस्य कमिटी नगर तथा ७१ क्षेत्रीय कमिटी  सदस्य सर्व सहमतिले चयन भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]