१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

बाँकेको कोहलपुर रणभुमिमा परिणत, विद्यार्थीमाथी गोली प्रहार

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

न्यूज मधेश समाचारदाता
कोहलपुर ,२२ मंसिर।ट्रकले विद्यार्थी किचेको घटनाले उग्र रुप लिएको छ । आईतबार बिहान विद्यालय जाँदै गरेकी छात्रालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त भएको हो ।

घटनापछी आक्रोशित विद्यार्थी तथा अभिभावकहरुले ट्रक जलाईदिएपछि माहोल थप तनावग्रस्त भएको हो । प्रहरी र स्कुले विद्यार्थीहरु बिचको झडपले अहिले कोहलपुर रणभुमिमा परिणत भएको छ । स्कुले विद्यार्थीहरुलाई दवाउन ठुलो सँख्यामा प्रहरी परिचालन गरिएको छ भने दुई दर्जन बढि हवाई फायर गरीएको छ ।

यसैबिच प्रहरीले चलाएको गोली लागेर एक विद्यार्थी घाईते भएका छन । भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढि हवाई फायर गरेको थियो । सोही क्रममा एक बिद्यार्थीलाई रबरको गोली लागेको छ भने एक दर्जन बढि विद्यार्थी घाईते भएका छन । घटनामा आधा दर्जन बढि प्रहरी समेत घाईते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आईतबार विद्यालयतर्फ जार्दै गरेकी एक छात्रालाई ट्रकले किचेको थियो । कोहलपुर वडा नं. १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । घटनामा चन्दको दुबै खुट्टा पुर्ण रुपमा पिल्सीएका छन भने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आन्दोलीत विद्यार्थीहरुले अहिले ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका छन । प्रहरी कार्यालय नै घेराबन्दीमा परेपछि प्रहरीले निरन्तर हवाई फायर गरीरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]