२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

जुनियर सिंगिग आइडलको अडिसन सम्पन्न

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

संतोष रन्जितकार
वीरगंज, २२ मंसिर ।आरके क्रिएटिभ इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा शनिबार जुनियर सिंगिग आइडलको अडिसन सम्पन्न भएको छ ।

वीरगंजको जिवनज्योति स्कुलको सभाहलमा सम्पन्न अडिशनमा ३० जनाले सहभागिता जनाएका थिए । जसमध्ये अर्को चरणको लागि ८ जना छनौट भएको आयोजकका अमित सर्राफले जानकारी दिनुभयो ।

वीरगंज तथा यस आसपासमा लुकेर रहेका स्थानिय कला प्रतिभालाई जगेर्ना गर्ने तथा संगित प्रति रुचि भएकाहरुलाई अवसर प्रदान गर्ने अभिप्रायले यसअघिका ३ वटा सिजनको सफलता सँगै सिजन फोरको आयोजना गरिएको कम्पनिका कार्यकारी निर्देशक रायन कायस्थले बताउनुभयो ।

त्यसैगरी यही मंसिर २८ गते अर्को अडिशन हुने आयोजकका राजन गुप्ताले बताउनुभयो । आज र अर्को साता हुने अडिशनमा छनौट भएकाहरुलाई गायनकला तथा प्राविधिक कुराहरुको प्रशिक्षण दिने आयोजकले जनाएको छ । अडिशनमा गायक मन्दिप खड्का, निखिल गुप्ता, गौरव वर्मा, सुर्य नारायण बिक र राजन कुमार ठाकुरले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]