०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

सिरहामा डिएसपी रिजालको सरुवा ? अवैद्य कारोबारी हाँसोत्सव मनाउँदै

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

मुकेश यादव
लहान, २३ मंसिर । प्रदेश नम्बर २ सिरहामा ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालको सरुवाको हल्लाले तस्करहरु खुशियाली मनाउँन थालेका छन् ।

डिएसपी रिजाल आएपछि सात महिनादेखि सिमाक्षेत्रमा हुने तस्करी तथा अवैद्य कारोबार बन्द भएको छ । तेस्रो मुलुकको मटर, मरिच, छोहरा, अखरोट, स्याउलगायत विभिन्न मालसमान नेपालबाट भारत लैजान प्रहरीले अवरोध गरेको छ । हालै हुन्डी कारोबारी पनि पक्राउ परेका छन् । उता, भारतबाट भन्सार छली गरी नेपाल ल्याउँने मालसमान रोकिएपछि तस्करहरुको एक समूहले जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीलाई सरुवा गर्ने प्रयास असफल भएको छ ।

सिरहाको मुख्य तस्करी हुने लहानदेखि ठाडी भन्सार, कचनारी, झाझपट्टीलगायतको ठाउँमा समेत कडाई रहँदा डिएसपी रिजाललाई लहानका केही उच्च व्यापारीले रिझाउँन पुगेका थिए । डिएसपी रिजाल व्यापारीहरुको कुरामा सहमत नभई झन कडा गरेका थिए ।

सिमाक्षेत्रको कारोबार तथा अवैद्य मालसमान आयात निर्यात गर्न जिल्ला उद्योग वाणिज्य सँघले लहानको गोधुली होटल, बाटिका टुरिजम, उद्योग वाणिज्यसँघ लहानमा पटक पटक छलफल कार्यक्रम गरे । त्यस छलफलमा नेपाली काँग्रेसका साँसद, सिमाक्षेत्रका जनप्रतिनिधि, उद्योगी व्यापारीले एउटै आवाज उठाएका थिए । सिमाक्षेत्रको कारोबार खुला गर्नुपर्छ । यस कारोबारको लागि एसपी चतुर्वेदी र डिएसपी रिजाल नै बाधक रहेको ठहर गरेका थिए ।

छलफलपछि एक टोली सत्तापक्षका नेताहरुलाई रिझाएर संघीय सरकारलाई यिनीहरुलाई सरुवा गर्न गराउँन आग्रह गरेका थिए । एसपी चतुर्वेदीको सरुवाको हल्ला चलेपनि ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालको काज सरुवा भएको छ ।

उता, डिएसपी रिजालसँग सम्पर्क गर्दा ‘सरुवावारे मलाई अहिलेसम्म कुनै जानकारी आएको छैन ’ बताए । यता, अवैद्य कारोबार गर्ने रमेश साह, सन्तोष पुर्वे, आनन्दलगायत लहानका मरिच, मटर र फेयरलवली कारोबारीको छलफलमा हाँसोत्सव मनाउँदैछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]