१६ कार्तिक २०८२, आइतबार
02-11-2025 , Sun
×

सिरहामा एकीकृत बस्ती र विद्यालय भवन हस्तान्तरण

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

फिरोज शेख
लहान,२३ मंसिर।सिरहाको लहानमा एक कार्यक्रमका बीच एकीकृत बस्ती र विद्यालय भवन हस्तान्तरण गरिएको छ। लहान नगरपालिका वडा नम्बर ५ खुट्टी खोला किनारको बलुवा टोलमा झुपडी बनाएर बसोवास गर्दै आएका पाँच डोम परिवारलाई पाँच वटा घर हस्तान्तरण गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत “तराई मधेस समृद्धि कार्यक्रमको ९० लाख र नगरपालिका तथा उपभोक्ता समितिको नौ लाख दुई हजार गरी ९९ लाख दुई हजार रुपैयाँको लागतमा निर्मित १० वटा पक्की घर मध्ये पाँच वटा डोम परिवारलाई घर हस्तान्तरण गरिएको हो । लहान नगरपालिकाका नगर प्रमुख मुनि साह सुडीले रिवन काटेर एकीकृत बस्तीको उद्घाटन गर्दै कार्यक्रम स्थलमा प्रमाण -पत्र र साचो सहित नव निर्मित एकीकृत बस्तीको पाँच घर हस्तान्तरण गरेका हुन् ।

दुई वटा सुत्ने कोठा, भान्सा, शौचालय र बरण्डा सहितको पक्की घर पाउदा वर्षौंदेखि झुपडीमा बस्दै आएका स्थानीय डोमहरु निकै खुशी हुँदै तराई मधेस समृद्धि कार्यक्रमका सम्पूर्ण पदाधिकारी संगै लहान नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका छन्।

बस्ती हस्तान्तरण गर्दै मेयर साहले गरिब, बिपन्न र दलितहरुका लागि दिइएको घरमा बसेर आयआर्जनका कामसँगै छोराछोरीको शिक्षामा विशेष ध्यान दिन आग्रह गर्दै सरसफाईमा पनि विशेष ध्यान दिन आग्रह गर्नु भयो।
बस्तीमा बनेका १० घर मध्ये तत्काल पाँच परिवालाई हस्तान्तरण गरिएको भएपनि वडा कार्यालयको सिफारिश र निर्णयसहित थप पाँच परिवारको नाम प्राप्त भएपछि बाँकी घर समेत हस्तान्तरण गरिने योजना रहेको समेत स्पष्ट पार्नु भयो । घर पाउनेहरुमा लहान ५ का दहनी मरिक,जोगेन्द्र मरिक, विनोद मरिक, प्रमोदकुमार मरिक र धनसिं मरिकसहित पाँच परिवार डोम छन् ।

यसै बीच लहान ५ शिव मन्दिरको अगाडी संचालनमा रहेको शिवशक्ति आधारभूत विद्यालयलाई स्थान्तरण गर्दै विद्यालयका लागि खुट्टीखोलाको पश्चिम किनारमा निर्मित नयाँ पाँच कोठे भवन समेत शिवशक्ति आधारभूत विद्यालयलाई नगर प्रमुख साहले विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन्।

तराई मधेस समृद्धि कार्यक्रमको ५० लाख र नगरपालिका तथा उपभोक्ता समितिको पाँच लाख २९ हजार गरी ५५ लाख २९ हजार रुपैयाँको लागतमा निर्मित भवन हस्तान्तरण गरिएको हो । भवन हस्तान्तरण सँगै लहान ५ मा पर्ने तीनवटा आधारभूत विद्यालयको कक्षा १ मा अध्ययनरत १ सय २३ जनालाई स्कुल पोशाक र टिफिन बक्स समेत वितरण गरिएको छ। कार्यक्रममा एकीकृत बस्ती र विद्यालय भवन निर्माणमा अतुल्य योगदान पुर्याउनु हुने ३ जना लाई कदर-पत्र सहित सम्मान गरिएको थियो। कार्यक्रमको अध्यक्षता लहान नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारीले गर्नु भएको थियो।

कार्यक्रममा उप-प्रमुख सरियार चौधरी , प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषाल, शस्त्र प्रहरी लहानका डिएसपी अर्जुन सापकोटा लगायत विभिन्न वडाका वडा अध्यक्ष र सदस्यहरु , शिक्षक, नागरिक समाज ,वुद्धिजीवी, समाजसेवी,वडावासी, विद्यार्थी, अभिभावक लगायतको उपस्तिथी रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]