२४ पुष २०८२, शुक्रबार
09-01-2026 , Fri
×

मन्त्री बरालद्वारा अाई सि टि ल्याबकाे शुभारम्भ

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

धीरज काेरी
कपिलवस्तु,२३ मंसिर।कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ मा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा मन्त्री बरालद्वारा अाई.सि. टि ल्याबकाे शुभारम्भ एवम् विज्ञान प्रदर्शनी कार्यक्रम भएको छ।

क्याम्पसकाे अध्यक्ष रामदास गुप्ता काे अध्यक्षता र डा. विनय कुमार पाण्डे काे स्वागत मन्तव्य वाट कार्यक्रमकाे सुरुवात गरिएको थियो ।

यसै क्रममा सामाजिक विकास मन्त्री सुदर्शन बराल बाट अाई.सि. टि ल्याबकाे शुभारम्भ गरेर विज्ञान संकायका विद्यार्थीहरुले बनाएको शैक्षिक सामग्रीहरुकाे मन्त्रीद्वारा अवलोकन गरिएको थियो ।
अाई.सि. टि ल्याब प्रदेश ५ को अर्थिक सहयोग र क्याम्पस काे सहयोग वाट निर्मित भएको छ।

कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बराल प्रमुख अतिथि ,सामाजिक विकास समिति प्रदेश ५ का सभापति दृर्घनारायण पाण्डे विशिष्ट अतिथि,प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव विशिष्ट अतिथि ,मायादेवी गाउपालिका काे प्रमुख बजरंगी चाैधरी अतिथि,जिल्ला प्रमुख गजेन्द्र बहादुर श्रेष्ठ, क्याम्पस संचालक समिति काे सदस्य ,प्राध्यापक,कर्मचारी र विद्यार्थीहरुकाे उपस्थिति रहेकाे थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]