१० फाल्गुण २०८२, सोमबार
23-02-2026 , Mon
×

वीरगन्ज महानगरपालिकाका सबै वडाहरुमा योग शिविर चलाउने उदघोष गर्दै : नगर प्रमुख सरावगी

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

न्यूजमधेश समाचारदाता
वीरगन्ज, २४ मंसिर। पर्सा जिल्ला वीरगन्जको बिर्तामा महानगर स्तरिय योग विद्यालयको उदघाटन भएको छ ।एक कार्यक्रम बिच वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले उक्त विद्यालयको उदघाटन गर्नुभएको थियो ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले वीरगन्ज महानगरपालिकाको सबै वडाहरुमा योग शिविर चलाउन आयोजकहरुलाई अनुरोध गर्नुभयो । योग गुरु स्वामि रामदेव महराज र आयुर्वेदाचार्य बाबा बालकृष्णको कृपाले पुरा विश्व योगदिवस मनाइ रहेको बताउदै नगर सरावगीले महानगरबासिलाई निरोग बनाउन सबै वडाहरुमा योग शिविर चलाउन अनुरोध गर्नुभयो ।

उहाले महानगरपालिकाको सहयोग र पंतजली योग समिति पर्साको सहकार्यमा स्थापना भएको यो बिद्यालयलाई अझ व्यवस्थित गर्न आफुबाट हुने सबै सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

नगर प्रमुख सरावगीले सम्पुर्ण महानगरवासिमा योगको बारे जनचेतना जगाउदै योग शिविर चलाउन धेरै आवश्यक रहेको बताउनु भयो ।पंचजलि योग समिति पर्साका जिल्ला अध्यक्ष नसिब लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वीरगन्ज महानगरापलिका शिक्षा माहाशाखाका प्रमुख अरविन्दलाल कर्ण ,उधोगपति अशोक टेमानी,योगगुरु भिम प्रसाद शर्राफ, र पतजलि योग समिति प्रदेश नम्बर २का महासचिव किशोरी प्रसाद कलवार लगायतका व्यक्तिहरुले योग विद्यालय स्थापनामा महानगपालिकाबाट भएको सहयोगको लागी धन्यवाद व्यक्त गर्दै पंतजलि योग समिती पर्साको सहकार्यमा महानगरपालिकाको सबै वडाहरुमा क्रमश योग शिविर संचालन गर्ने कुरामा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]