१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

लैंगिक हिंसा बारूद्ध १६ दिने अभियान सम्पन्न

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

न्यूजमधेश समाचारदाता
कपिलवस्तु ,२४ मंसिर।कपिलवस्तुको कृष्णनगरमा लैंगिक हिंसा बारूद को १६ दिने अभियान आज सम्पन भएको छ।

कृष्णनगर नगरपालिका को आयोजना र आफन्त नेपाल,नेपाल प्रहरी, शसस्त्र प्रहरी, शान्तीपुनर्स्थापना गृह,साना हात नेपाल लगाएत संघ संस्थाको सहकार्यमा समापन भएको हो। १६ दिने अभियानलाई बृहत् रैली कार्यक्रम गरी समापन गरिएको हो । रैली कृष्णनगर नगरपालिकाको कार्यलयबाट सुरु भई बाजार परिक्रमा गरी गोलघरमा सम्पन्न भएको थियो। कार्यक्रम कृष्णनगर को मेयर रजत प्रताप शाह प्रमुख आतिथ्यमा सुरु भएको थियो।

कार्यक्रमलाई संबोधन गर्दै कृष्णनगरका नगर प्रमुख तथा कार्यक्रमको प्रमुख अतिथी रजत प्रताप शाहले लैङ्गिकताको आधारमा कोहि कसैले विभेद गर्न नपाइने र हिंसा घरबाट नै अन्त्य गर्नु पर्छ बताउनु भयो । लैङ्गिक हिंसा न्यूनीकरणमा नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै जाने र लैङ्गिक हिंसा रहित समाज निर्माणमा जोड दिनु पर्दछ भने नागरप्रमुख शाहको भनाइ रहेको थियो।

कार्यक्रममा वडा न.२ का वडा अध्यक्ष सन्जय गुप्ता, इ.प्र.का प्रमुख प्रताप पौडेल ,उधोग बाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ता,लाईन्स क्लबका केन्द्रीय सल्लाहकार दिनेश गुप्ता लगाएतका ब्यक्तिहरुले लैङ्गिक हिंसा विरुद्ध मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यलयका प्रमुख पुन्य प्रसाद न्यौपाने , समाजसेवी, पत्रकार, बिद्यार्थी,बुद्धजीवी तथा शिक्षकहरुको सहभागीता रहेको थियो भने कार्यक्रम सन्चालन आफन्त नेपालका जिल्ला सयोजक केसर बिश्वकर्मा ले बताउनु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]