०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

मानवअधिकारको कार्यक्रममा लगिएको पानीको जारमा किरा

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

जनकपुरधाम ,२४ मंसिर ।होटल राजदरबारमा खानका लागि राखिएको पानीको जारमा किरा भेटिएको छ। विभा बिभरेज्स प्रालिद्वारा उत्पादित भोडा पानीको जारमा किरा भेटिएको हो।

होटलमा मानव अधिकारसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रमकै सहभागिका लागि राखिएको पानीको जारमा किरा भेटिएको हो। पानी खानका लागि ग्लासमा निकाल्दा किरा भेटिएको कार्यक्रमका सहभागी कुलदीप साहले जानकारी दिए। उनले होटल संचालकलाई भनेपछि बाहिरबाट ल्याउँछु भनेर पन्छिन खाजेको समेत बताए।

किरा भेटिएको पानीको जारमा ३ महिनासम्म प्रयोग गर्न सकिने उल्लेख छ। तर, बनेको मिति भने उल्लेख गरिएको छैन। अचम्म त के भने उक्त जारमा ‘प्रत्येक बुँदमा शुद्धता’ लेखिएको छ। मानव अधिकारसम्बन्धी कार्यक्रममै खानका लागि राखिएको पानीमा किरा भेट्नु गम्भीर विषय भएको एक सहभागीले बताए।

विभा बिभरेज्स प्रालिका प्रोपराइटर रानो कर्णले पानीको जार अन्य कम्पनीले पनि लगेर पानी प्याक गरी बेच्ने गरेको भन्दै पन्छिन खाजेका छन्। उनले भने, ‘भोडा जार मेरो हो। तर, किरा भेटेको पानी अन्य कम्पनीले पनि प्याक गरी बेचेको हुनसक्छ।’

एउटा कम्पनीको जारमा अन्य कम्पनीले पानी बेच्ने गलत हो भन्दै उनले प्रशासनलाई दोषी देखाए। उनले प्रशासनले अनुगमन नगर्दा पानी कम्पनीहरूले लापरबाही गर्ने बताए। तर, उनले आफू स्वयं पनि अन्य कम्पनीको जारमा पानी प्याक गरेर बिक्री गर्ने गरेको स्वीकारे। साभार: थाहखबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]