१४ माघ २०८२, बुधबार
28-01-2026 , Wed
×

वडा स्तरीय खाद्य स्वच्छता अनुगमन टोलि गठन

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

अजित भुजेल
बिरगंज,२४ मंसिर। पर्सा जिल्लाको विरगंज महानगरपालिका वडा नं.१४ मा वडा स्तरीय खाद्य स्वच्छता अनुगमन टोलि गठन गरिएको छ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजको आयोजनामा वीरगंज महानगरपालिका वडा न.१४ मा अवस्थित जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको सभाहलमा संचालित वडा स्तरीय खाद्य स्वच्छता समुह गठन तथा परिचालन सम्बन्धि दुई दिने तालिमको मंगलवार दोस्रो दिन दुई दिन हुने तालिममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजका कार्यालय प्रमुख रत्नकान्त झाको अध्यक्षता तथा विभिन्न सरोकारवाला प्रतिनिधिहरुको उपस्थितिमा रहेको थियो ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंज पर्साद्वारा २३ र २४ गते सम्म बिरगंज महानगर पालिका वडा म,१४ मा संचालित वडा स्तरिय खाद्य स्वच्छता समुह गठन भएको छ ।वडा न.१४ मा संचालनमा रहेकोे होटेल , खाद्य , उद्योग , किराना पसआ अनुगमन निरीक्षण गर्न वडा न. १४ का वडा अध्यक्ष भरत राउत कुर्मीको अध्यक्षतामा ९ सदस्यीय टोलि गठन भएको छ ।

त्यसै गरि सदस्यहरुमा सन्जय प्रसाद पटेल , रफिक अन्सारी , लाल बहादुर प्रसाद , देवकरण प्रसाद , पुरुषाेतम पौडेल , बिजय साह र श्रवण कुमार साह लाई चयन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]