०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

विकास सम्बन्धि निर्वाचित जन प्रतिनिधिहरुको विचार गोष्ठी सम्पन्न

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

न्यूजमधेश समाचारदाता
सिरहा,२४ मंसिर। सिरहा जिल्लाको औरही गाउपालिकामा विकास सम्बन्धि निर्वाचित जन प्रतिनिधिहरुको विचार गोष्ठी सम्पन्न भएको छ।

औरही गाउपालिकामा विकास प्रकृयालाई लिएर जनप्रतिनिधीहरू विच रहेको बिवादलाई जनचेतना युवा सुचना केन्द्रको पहलमा सहजीकरण गरीएको हो।

स्थानिय निर्वाचन यता विकासको काममा विभिन्न विवाद गर्दै स्थानिय सरकारका साझेदार नेकपा, समाजवादी र नेपाली कांग्रेस बिच तालमेल नमिलदा जनता वकदिक भैसके पछि स्थानिय वुद्धीजीवि युवाहरूको संस्था युवा सुचना केन्द्रको पहलमा विभिन्न राजनीतिक कर्मिहरु संग संवाद मार्फत निकास गरेको छ ।

सुचना केन्द्रको अध्यक्ष संजय कुमार यादवको अध्यक्षतामा आज निर्वाचित सर्वपक्षय जनप्रतिनिधिहरुको विचार गोष्ठी गरी वडा स्तरीय संवाद तथा छलफल गरी पुष मसांत भित्र विकास प्रकृयालाई झुत्रगतीमा अगाडी बढाउने सर्वपक्षय सहमति भयो ।

जन प्रतिनिधि विच बोलिचालि समेत बन्द रहेको अवस्थामा केन्द्रको पहलमा एक टेवलमा आएर छलफलमा गाउपालिका अध्यक्ष लगायत वडा अध्यक्ष र सदस्यहरू खुसि भएको हो।

राजनीतिक संवादका वातावरण मिलदै गाउपालिकाले लगतै औपचारिक बैठक गरी अगाडी बढने केन्द्रका सचिव लक्ष्मी प्रसाद यादवले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]