२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

मानव अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री राउत

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम, २४ मंसिर। मुख्यमन्त्री लालबाबु राउतले संविधान र कानूनले प्रदत गरेको मानव अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ।

७१ औ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आज जनकपुरमा आयोजित विशेष समारोहमा मुख्यमन्त्री राउतले मानव अधिकारको संरक्षणमा प्रदेश सरकार अग्र स्थानमा रहने प्रतिबद्धता जनाउनु भएको हो ।

कुनै पनि व्यक्तिले आफनो मानवअधिकारको कुरा गर्दा अरुको अधिकारको संरक्षणका साथै आफनो कर्तव्य पालना समेत गर्नु पर्ने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले सबै व्यक्ति र सरोकारबला निकायहरुलाई सचेत हुनु पर्ने बताउनु भयो ।
मानव अधिकार संरक्षणको लागि सबै जनालाई सचेत र गम्भीर हुँदै आ–आफनो स्तरबाट सहयोग गन आग्रह समेत उहाँले गर्नु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं.२को प्रमुख विरबहादुर वुढामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव रामकृष्ण सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेल, मानवअधिकार महामेलाका संयोजक धिरेन्द्र बहादुर सिंह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]