१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

प्राज्ञिक विद्यार्थी फरिषदद्वारा रक्तदान कार्यत्रमको आयोजना

Logo
प्रकाशित बुधबार, मंसिर २५, २०७६

संतोष रन्जितकार
वीरगञ्ज, २५ मंसिर ।प्राज्ञिक विद्यार्थी परिषद् नेफाल वीरगञ्ज नगर इकाई समितिको आयोजनामा मंगलबार रक्तदान कार्यत्रम सम्पन्न भएको छ ।

प्राज्ञिक विद्यार्थी फरिषद्को रजत जयन्तीको अवसरमा घण्टाघरमा आयोजित कार्यक्रममा २ महिला सहित २५ जनाले रत्तदान गरेका रक्तसन्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुश्वाहले जानकारी दिनुभयो ।

गुरु नानक सेवा प्रतिष्ठानको सहयोगमा भएको कार्यक्रममा सुशिल कुमार साह, अर्पणा चौरसिया, रानी गुप्ता, सुर्य शुभचिन्तक, निकेश यादव, सुनिल सर्राफ लगायतले रक्तदान गरेका थिए ।

प्राज्ञिक विद्यार्थी परिषदकी कार्यक्रम संयोजक उमा मिश्राको सभापतित्वमा भएको कार्यक्रममा प्रतिक दैनिकका प्रधान सम्पादक एवम् बरिष्ठ पत्रकार जगदिश शर्मा, जसपाल सिँह, नेपाल रेडक्रस सोसाइटी उपसभापति मधु राणा, प्राज्ञिक विद्यार्थी परिषदका प्रदेश न. २ का सचिव घनश्याम नायक, परिषदका नगरसचिव राजाबाबु यादव लगायतको उपस्थिती रहेको थियो । रजत जयन्तीको अवसरमा आज साँझ घण्टाघरमा दिप प्रज्वलित कार्यक्रमको समेत आयोजना गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]