१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

प्रेष्टिज मेट्रस इण्डस्ट्रीजका मजदुहरु आन्दोलनमा

Logo
प्रकाशित बुधबार, मंसिर २५, २०७६

न्यूजमधेश समचारदाता
बारा,२५ मंसिर।बारामा रहेको प्रेष्टिज मेट्रस इण्डस्ट्रीजका मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । जिल्लाको परवानीपुर गाउँपालिका वडा नं– ५ गण्डक बहुअरीमा रहेको प्रेष्टिज मेट्रस इण्डस्ट्रीजमा कार्यरत रहेका मजदुरहरु विगत ११ दिन देखी इण्डस्ट्रीजको मूल गेटमा धर्ना दिएर प्रदर्शन सुरु गरेका हुन् ।

आन्दोलन अखिल नेपाल उद्योग मजदुर संघ प्रेष्टिज मेट्रस इकाई कमिटीका अध्यक्ष अरुण कुमार पटेलको नेतृत्वमा इण्डस्ट्रीजको मूल गेटमा धर्ना दिएर प्रदर्शन सुरु गरेका छन् । विगत १० वर्ष देखि इण्डस्ट्रीजमा कार्यरत रहेका मजदुरहरु लाई इण्डस्ट्रीज व्यवस्थापनले नेपाल सरकारको नियम अनुसार सेवा सुविधा उपलब्ध नगराएको भन्दै इण्डस्ट्रीजका मजदुहरु आन्दोलनमा उत्रिएका संघका अध्यक्ष पटेलले बताए ।

आन्दोलनरत मजदुरहरु मा कृष्ण कुमार, रामसेवक कुर्मी, प्रमेन्द्र पटेल, श्रवण यादव, रामपुजन राम, निरंजन पटेल, प्रहलाद साह, मुकेश पटेल, महेश गुप्ता, इगरासन यादव, रामेश्वर मण्डल, श्यामसुन्दर साह, पुरन पशवान विनया साह लगायतका मजदुरहरु रहेका छन् ।

मजदुर आन्दोलनमा समर्थन जनाउन आज ११ औं दिन अखिल नेपाल उद्योग महासंघ को प्रदेश नं.– २ का अध्यक्ष अर्जुन चिमरिया र जिल्ला अध्यक्ष ढालबहादुर थापा सहभागी भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]