२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

समाजवादी पार्टी फुटको संघारमा यादव र भट्टराईको सम्बन्ध बिग्रियो , चर्कियो विवाद

Logo
प्रकाशित बुधबार, मंसिर २५, २०७६

न्यूजमधेश समचारदाता
काठमाडौ,२५ मंसिर।वैकल्पिक शक्तिको रूपमा उदाएको समाजवादी पार्टीमा गम्भीर मोड निम्तिएको छ । तत्कालिन नयाँ शक्ति र संघिय समाजवादी पार्टी मिलेर बनेको समाजवादी पार्टीमा यिनै दुई खेमाबीच गम्भीर मनमुटाव सुरू भएको छ ।

पार्टी एकीकरणको ८ महिना पूरा नहुँदै देखिएको यो समस्याले समाजवादी पार्टीभित्र ठुलै खैलाबैला भैरहेको स्रोतले बताउने गरेको छ । उपनिर्वाचनको परिणामपछि बाबुराम भट्टराई र उपेन्द्र यादवबीच झनै मतभेद चुलिएको पनि स्रोतको दाबी छ ।

मन्त्रिपरिषद् परिवर्तन, संघिय बैठक र उपनिर्वाचन लगायतका काण्डले गर्दा समाजवादीमा दूई अध्यक्ष बाबुराम र उपेन्द्रबीच निकै दुरी बढेको छ । समाजवादीकै एक नेताहा अनुसार पछिल्लो समय दुई खेमाबीच हरेक जसो कुरामा मनमुटाव हुन सुरु गरेको छ । बैशाख २८ मा बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजनीति प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले प्रधानमन्त्री ओलीको निकै कडा आलोचना गरेका थए । उनले प्रधानमन्त्रीलाई गफ मात्रै गर्ने भन्दै व्यंग्य गरेका थिए।

सरकार असफल भएको बाबुरामले निष्कर्ष निकालेका थिए। समाजवादी पार्टीको सो प्रतिवेदनपछि समाजवादी पार्टीसँग प्रधानन्त्री सशंकित भएको स्रोतले बतायो । भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई उठ्नै नसक्ने गरी समाप्तिको बाटोमा लागेको ठोकुवा गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई भने भट्टराईले त्यति कडा आलेचना गरेनन्।

पूर्व फोरमका नेताहरूको पछिल्लो निष्कर्ष अनसार उपनिर्वाचनमा पूर्व नयाँ शक्तिको प्रभाव रहेको भनिएको पडाडी क्षेत्रमा पार्टीले सोचेभन्दा कमजोर भोट ल्याएको कारण पनि गम्भीर समिक्षा गर्ने बताएका छन् । उनीहरूका अनुसार पहाडी क्षेत्रमा समाजवादी पार्टीले जति भोट ल्याउने अनुमान गरिएको थियो, त्यस्तो भोट नआएको विश्लेषण छ ।

पूर्व नयाँ शक्ति पार्टीका नेताको प्रभाव रहेको भनिएको पहाडी जिल्लाका केही ठाउँमा समाजवादीले निकै कमजोर भोट ल्याएको विषय पार्टीमा चर्किएको छ । यसबाट पूर्व नयाँ शक्ति पार्टीको मतको आधार निकै कम रहेको पूर्व फोरमका नेताको बुझाइ छ ।

निकै तयारी गरिएको समाजवादी पार्टी र राजपाबीचको एकीकरण सफल हुन नसक्नुमा पनि पूर्व नयाँ शक्ति पार्टीका नेताहरू जिम्मेवार रहेको पूर्व फोरमका नेताहरूको बुझाई छ। राजपाले पार्टी एकीकरण गर्न समाजवादी पार्टीसँग ठाकुरलाई पहिलो अध्यक्ष मान्नुपर्ने र एकीकरणअघि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने सर्त राखेको छ। सरकार छाड्ने सर्तको विषयमा भने आफूहरू तयार रहेको समाजवादी पार्टीका नेता बताउँछन् ।

बाबुराम खेमाका नेताहरू भने पूर्व सहमतिअनुसार एकीकरणपछि समाजवादी पार्टीले सरकार नछाडेकोमा उपेन्द्र यादव खेमाप्रती निकै आक्रोशित बनेका छन् । नयाँ शक्तिसँग एकीकरण गर्नुअघि एकीकरणपछि सरकार छाड्ने सहमति भएको उनीहरू बताउँछन् ।

समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा पूर्व नयाँ शक्तिका नेताले तत्काल सरकार छाड्नुपर्ने अडान राखेका थिए तर पार्टी अध्यक्ष उपेन्द्र यादव र उनीनिकट नेता तत्काल सरकार छाड्न नहुने अडानमा उभिए। यसले पनि दूरी बढाउनमा मद्दत गरेको नेताहरूको बुझाई छ ।

समाजवादीकै एक नेताका अनुसार यस्तै अवस्थाबाट पार्टी गुज्रिने हो भने दुर्घटना निश्चित छ । निकै आशाका साथ् गरिएको एकतापछि पार्टी नै भताभुङ्ग हुने डर रहेको उनीहरू बताउँन । यस्तै अवस्था रहिरहे पार्टी अलग अलग हुने सम्भावना रहेको पनि उनीहरूको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]