१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

समाजवादी पार्टी फुटको संघारमा यादव र भट्टराईको सम्बन्ध बिग्रियो , चर्कियो विवाद

Logo
प्रकाशित बुधबार, मंसिर २५, २०७६

न्यूजमधेश समचारदाता
काठमाडौ,२५ मंसिर।वैकल्पिक शक्तिको रूपमा उदाएको समाजवादी पार्टीमा गम्भीर मोड निम्तिएको छ । तत्कालिन नयाँ शक्ति र संघिय समाजवादी पार्टी मिलेर बनेको समाजवादी पार्टीमा यिनै दुई खेमाबीच गम्भीर मनमुटाव सुरू भएको छ ।

पार्टी एकीकरणको ८ महिना पूरा नहुँदै देखिएको यो समस्याले समाजवादी पार्टीभित्र ठुलै खैलाबैला भैरहेको स्रोतले बताउने गरेको छ । उपनिर्वाचनको परिणामपछि बाबुराम भट्टराई र उपेन्द्र यादवबीच झनै मतभेद चुलिएको पनि स्रोतको दाबी छ ।

मन्त्रिपरिषद् परिवर्तन, संघिय बैठक र उपनिर्वाचन लगायतका काण्डले गर्दा समाजवादीमा दूई अध्यक्ष बाबुराम र उपेन्द्रबीच निकै दुरी बढेको छ । समाजवादीकै एक नेताहा अनुसार पछिल्लो समय दुई खेमाबीच हरेक जसो कुरामा मनमुटाव हुन सुरु गरेको छ । बैशाख २८ मा बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजनीति प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले प्रधानमन्त्री ओलीको निकै कडा आलोचना गरेका थए । उनले प्रधानमन्त्रीलाई गफ मात्रै गर्ने भन्दै व्यंग्य गरेका थिए।

सरकार असफल भएको बाबुरामले निष्कर्ष निकालेका थिए। समाजवादी पार्टीको सो प्रतिवेदनपछि समाजवादी पार्टीसँग प्रधानन्त्री सशंकित भएको स्रोतले बतायो । भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई उठ्नै नसक्ने गरी समाप्तिको बाटोमा लागेको ठोकुवा गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई भने भट्टराईले त्यति कडा आलेचना गरेनन्।

पूर्व फोरमका नेताहरूको पछिल्लो निष्कर्ष अनसार उपनिर्वाचनमा पूर्व नयाँ शक्तिको प्रभाव रहेको भनिएको पडाडी क्षेत्रमा पार्टीले सोचेभन्दा कमजोर भोट ल्याएको कारण पनि गम्भीर समिक्षा गर्ने बताएका छन् । उनीहरूका अनुसार पहाडी क्षेत्रमा समाजवादी पार्टीले जति भोट ल्याउने अनुमान गरिएको थियो, त्यस्तो भोट नआएको विश्लेषण छ ।

पूर्व नयाँ शक्ति पार्टीका नेताको प्रभाव रहेको भनिएको पहाडी जिल्लाका केही ठाउँमा समाजवादीले निकै कमजोर भोट ल्याएको विषय पार्टीमा चर्किएको छ । यसबाट पूर्व नयाँ शक्ति पार्टीको मतको आधार निकै कम रहेको पूर्व फोरमका नेताको बुझाइ छ ।

निकै तयारी गरिएको समाजवादी पार्टी र राजपाबीचको एकीकरण सफल हुन नसक्नुमा पनि पूर्व नयाँ शक्ति पार्टीका नेताहरू जिम्मेवार रहेको पूर्व फोरमका नेताहरूको बुझाई छ। राजपाले पार्टी एकीकरण गर्न समाजवादी पार्टीसँग ठाकुरलाई पहिलो अध्यक्ष मान्नुपर्ने र एकीकरणअघि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने सर्त राखेको छ। सरकार छाड्ने सर्तको विषयमा भने आफूहरू तयार रहेको समाजवादी पार्टीका नेता बताउँछन् ।

बाबुराम खेमाका नेताहरू भने पूर्व सहमतिअनुसार एकीकरणपछि समाजवादी पार्टीले सरकार नछाडेकोमा उपेन्द्र यादव खेमाप्रती निकै आक्रोशित बनेका छन् । नयाँ शक्तिसँग एकीकरण गर्नुअघि एकीकरणपछि सरकार छाड्ने सहमति भएको उनीहरू बताउँछन् ।

समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा पूर्व नयाँ शक्तिका नेताले तत्काल सरकार छाड्नुपर्ने अडान राखेका थिए तर पार्टी अध्यक्ष उपेन्द्र यादव र उनीनिकट नेता तत्काल सरकार छाड्न नहुने अडानमा उभिए। यसले पनि दूरी बढाउनमा मद्दत गरेको नेताहरूको बुझाई छ ।

समाजवादीकै एक नेताका अनुसार यस्तै अवस्थाबाट पार्टी गुज्रिने हो भने दुर्घटना निश्चित छ । निकै आशाका साथ् गरिएको एकतापछि पार्टी नै भताभुङ्ग हुने डर रहेको उनीहरू बताउँन । यस्तै अवस्था रहिरहे पार्टी अलग अलग हुने सम्भावना रहेको पनि उनीहरूको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]