२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

देबिनगर युवा क्लब बुटवल फाईनलमा प्रबेश

Logo
प्रकाशित बिहिबार, मंसिर २६, २०७६

न्यूजमधेश समाचारदाता
रुपन्देही, २६ मंसिर ।मैत्री युवा क्लबको आयोजनामा देवदह-१२ प्रगतिनगरमा जारी दोस्रो मैत्री कप-२०७६ रोचक बन्दै गएको छ ।बुधबार भएको सेमिफाइनल खेलमा जीत हासिल गरी देबिनगर युवा क्लब बुटवल फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल खेलमा देबिनगर युवा क्लब बुटवल र शिवपुर युवा क्लब बिच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा ३-० गोलको अन्तरले देबिनगर युवा क्लब जित हासिल गर्दै फाइनल चरण पुगेको थियो । पहिलो खेलको हापमा दुबै टिम बराबरीमा खेलेको थियो भने दोस्रो हाप पछिको खेलमा देबिनगर युवा क्लबका खेलाडी सरद छेत्रीले ४१ मिनेटमा पहिलो गोल गरेका थिए ।

दोस्रो गोल पेलन्टी सुट आउटको सदुपयोग गर्दै सुस्मित के.सि ले गोल गरेका थिए । पुन: ४३ मिनेटमा सुस्मित के.सि ले गोल गर्दै आफ्नो टिमलाई बिजय गराएका थिए । उक्त खेलमा देबिनगर युवा क्लब बुटवलका खेलाडीले उत्कृष्ट खेल खेलेको भन्दै सुस्मित के.सि म्यान अफ द म्याच भएका थिए । उनलाई पुर्ब राष्ट्रिय फुटबल खेलाडी जित बहादुर लामाबाट म्यान अफ द म्याच बितरण गरिएको थियो ।

आज मङ्सिर २६ गते हुने खेलमा सुनवल-३ किर्तिपुर र सरस्वती युवा क्लव प्रसोत्तमपुर बिच ठिक २ बजे प्रतिस्पर्धा हुने आयोजक टिमले जानकारी गराएको छ । साथै उक्त खेलमा उत्कृष्ट हुने टिम र देबिनगर युवा क्लब बुटवल बीच मंसिर २८ गते फाईनल खेल हुने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]