सोलिन्द्र चौधरी
काठमाडौं,२६ मंसिर।सिन्धुलपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार सिन्धुपाल्चोकको शर्माथाङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ७ बजेर ११ मिनेटमा ४.८ मेग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा पनि महसुस गरिएको छ।