२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

सामुदायिक सेवा केन्द्र श्रीपुरद्वारा मल्ल र सिंहको सम्मान तथा बिदाई

Logo
प्रकाशित शुक्रबार, मंसिर २७, २०७६

संतोष रन्जितकार
वीरगंज, २७ मंसिर।वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्ल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक राजकुमार सिंहको सरुवा भएकोले सामुदायिक सेवा केन्द्र श्रीपुर, मुर्लीको आयोजनामा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा कपडा बैंकले कपडा समेत बितरण गरेको थियो । सामुदायिक सेवा केन्द्रका सचीव दिलिप प्रधानको अध्यक्षतामा र वडा न. ११ का अध्यक्ष प्रधुमन सेढाईको प्रमुख आतिथ्यमा भएको बिदाई कार्यक्रममा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, सामाजिक अभियन्ता प्रकाश थारु, हिरा गिरी, फोनिज प्रदेश नं.२ का ईन्चार्ज निरज पिठाकोटे मगर, प्रिति सिंह, जाकिर हुसेन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सन्चालन सामुदायिक प्रहरीका महिला प्रहरी लालुमाया तामाङले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]