०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

लागुऔषध चरेस  एक मोटरसाइकल बरामद

Logo
प्रकाशित शुक्रबार, मंसिर २७, २०७६

संतोष रन्जितकार
वीरगंज, २७ मंसिर।मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लग्दै गरेको अवस्थामा ११ किलो लागुऔषध चरेश सशस्त्र प्रहरीले विहिबार बरामद गरेको छ ।

जगरनाथपुर गाउपालिका १ स्थित ओरिया खोला क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरको टोलीले सो चरेश बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय वीरगन्जका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र कुंवरका अनुसार, सशस्त्र प्रहरी निरीक्षक निरन्जन नायजुको नेतृत्वको गस्ती टोलीलाई देखेर बिआर २२ जेड ३१२९ भारतीय नम्बरको मोटरसाइकल छोडेर अज्ञात व्यक्ति भागेका थिए ।
प्रहरी टोलीले चोरीको मोटरसाइकल ठानेर बरामद गरेको मोटरसाइकलको चेकजाँच गर्दा सिट मुनि चरेश लुकाएर राखेको अवस्थामा फेला परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]