१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

नांगो शरीरमा रगत पोखेर बार्सिलोना सहरमा आन्दोलन

Logo
प्रकाशित शुक्रबार, मंसिर २७, २०७६

एजेन्सी , २७ मंसिर। विश्व पशुपंक्षी अधिकार दिवस अधिकांश देशमा विभिन्न कार्यक्रम गरी मनाइयो तर स्पेनमा मनाइएको जनावर दिवसले भने अनाैठाे थियाे र धेरैलाई चकित पनि तुल्यायो।

यो दिवस मनाउने क्रममा पशुपंक्षीलाई काटमार गर्ने कामको विरोध गर्दै ७० जना अभियन्ताहरु नांगै सहरमा सुते। नांगो शरीरमा नक्कली रगत पोखेर उनीहरुले बार्सिलोना सहरमा विरोध जनाएका हुन्। डेलीमेलका अनुसार ‘ब्ल्याक फ्राइडे’ को रुपमा क्याटालोनिया स्क्वायरमा उनीहरुले विरोध प्रदर्शन गरेका थिए।

हरेक वर्ष हजारौं पशुपंक्षीको हत्या तथा दुव्र्यवहारलाई रोक्नुपर्ने उनीहरुको माग छ। यस्तो अनौठो विरोध प्रदर्शनको कार्यक्रम पशु अधिकार संस्था ‘अनिमा नेचुरलीस’को आयोजनामा भएको थियो।

प्रदर्शनको क्रममा उनीहरुले ‘पीडा आनन्ददायक हुँदैन’ भन्दै नारावाजी समेत गरेका थिए। भुवा तथा छाला उद्योगका लागि पशु हत्या जायज नभएको भन्दै उक्त संस्थाले आन्दोलनबारे ट्वीटरमा समेत उल्लेख गरेको छ।

‘अनिमा नेचुरलीस’का अनुसार चीनमा लत्ताकपडाका लागि बिरालो र कुकुरको प्रयोग हुँदैआएको छ। साथै युरोपमा हरेक वर्ष भुवा तथा छाला प्रयोगका लागि ३ करोडभन्दा धेरै पशु नष्ट गरिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]