१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

धनुषामा बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, मंसिर २८, २०७६

सौगात अधिकारी
जनकपुरधाम, २८ मंसिर । धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं.५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करीब चार सय मिटर दूरीमा शक्तिशाली बम बिष्फोट हुँदा स्थानीय ४६ वर्षीय राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

यस्तै बम विष्फोटमा घाइते प्रहरी निरीक्षक अमिर दाहालको घरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो ।

राति १२ बजे राजेश्वरको घरको शौचालय शंकापस्द वस्तु बम फेला परेपछि उनीहरुले प्रहरीलाई खबर गरे । ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट शंकास्पद वस्तु के हो भनि यकिन गर्न पुगेका बेला सो बम बिष्फोट भएको जनाइएको छ ।

बम बिष्फोटमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भिर घाइते भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् । गम्भीर घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अन्य दुई जना सामान्य घाइते छन् ।

घरमुली साहले गाउँमा रकम लगानी गर्ने गरेका कारण कसैले हत्याकै लागि बम बिष्फोट गराएको हुन सक्ने स्थानीयको आशंका छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]