१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

धनुषा बम विष्फोटमा संग्लन विप्लवका दुई महिलासहित तीन जना नेता पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर २८, २०७६

न्यूजमधेश समचारदाता
जकपुरधाम,२८ मंसिर।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु हुने गरी प्रदेश २ का आस्था राजधानी धनुषामा गराइएको बम विष्फोटका दोषीलाई जसरी पनि पक्राउ गरी छाड्ने बताएको केहि घण्टामै धनुषा प्रहरीले सो घटनाको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

एक प्रहरी निरीक्षक र एकै घरका बाबु छोराको ज्यान जाने गरी गराइएको बम बिष्फोटको घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले प्रतिबन्धित विप्लव समूहका दुई महिलासहित तीन स्थानीय नेतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश–२ संयोजक ५१ वर्षीया सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षीया ललिता महरा र रामशोभित गाहा छन् । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको जनाइएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटरको दूरीमा पर्ने राजेश साहको नव निर्मित घरमा गए राति बम विष्फोट हुँदा साहसहित प्रहरी निरीक्षक अमिरकुमार दाहाल र राजेश साहका छोरा आनन्द साहको मृत्यु ज्यान गएको थियो । यस्तै अन्य चार जना घाइते छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]