२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

सप्तरीमा जङ्गली जनावरको आक्रमणबाट महिलाको मृत्यु, वृद्ध घाइते

Logo
प्रकाशित शनिबार, मंसिर २८, २०७६

न्यूजमधेश समाचारदाता
राजबिराज,२८मंसिर।सप्तरी जिल्लाको पुर्वी भेगमा जङ्गली जनावरको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने एक बृद्ध घाईते भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ६ की मिना सदाकी पत्नि ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणमा परी मृत्यु भएको हो। घर नजिकै जंगलमा खर काट्न गएकी सदालाई बँदेलको आक्रमण परी घाइते पश्चात् स्थानीय अस्पतालमा उपचारको लागि लगिदै गर्दा मृत्यु भएको जनाएको छ ।

यसैगरी शनिबारै जंगली हात्तीको आक्रमणमा परी एक वृद्ध गम्भीर घाईते भएका छन्। घाइते हुनेमा सोही नगरपालिका १२ निवासी ७५ वर्षीय सनमान भुजेललाई हात्तीले आक्रमण गरि गम्भीर घाइते बनाएको छ । गहुँको खेतमा पानी लगाउन गएका बेला भुजेललाई हात्तीले आक्रमण गरेको थियो।

उनलाई थप उपचारको आगि कोशी अञ्चल अस्पताल विराटनगर पठाईएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]