१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

धनुषामा भुमीहिन दलितमाथि अन्याय भयो, घर छाडन अदालतको आदेश

Logo
प्रकाशित आइतबार, मंसिर २९, २०७६

मनोज मोरबैता
जनकपुरधाम,२९मसिर।धनुषामा भुमीहिन दलितमाथि पुनःहुनेखानेले नजर लगाएपछि उनिहरु घरबार विहिन हुने अवस्थामा पुगेको छ ।धनषाको विदेह नगरपालिका-१ ठाढी टोलमा रहेका करिव सय घरपरिवार विहिन वन्न पुगेको हो ।विगत चार दशक देखि ठाडी टोलमा रहेको पोखरीको एलानी जग्गामा बसोबास गर्दै आएका मजदुरी गरेर छाक टार्दै आएका सहनी समुदायहरु अदालतको आदेश पछि घरबार विहिन बन्न पुगेका छन ।

ठाढिमा रहेको सरकारी विद्यालयको पोखरीको करिव ४ कठठा जग्गा रहेको पुर्व र उत्तर पटीको जग्गामा पुर्खौदेखि बस्दै आएका उनिहरुलाई त्यहि टोलकै एक व्यक्तिले जग्गा घिचौला मुद्दा दिएर उनिहरुलाई घरवार विहिन वनाएको आरोप लगाइएको छ ।पुस्तौ देखि वस्दै आएका सो एलानी जग्गामा दलित परिवारका करिव १५ घर रहेको छ जसमा १०० परिवार भन्दा माथि बस्दै आएको छ ।सोहि बस्तीमा बस्दै आएका इन्दु ठाकुर बरहीका अनुसार एलानी बस्तीकै बगलमै नीजी जग्गा किनेर बस्दै आएका रामसागर ठाकुरले बस्तीका लागि प्रयोग गरिदै आएको बाटोलाई मिचेर पर्खाल वनाउन कोशिस गर्दा हामीहरुले रोक लगाएका थियो ।उनले सोहि विषयलाई रिसिवी गरेर अदालतमा एलानी जग्गामा हकभोग गरेको भन्दै जग्गा खिचौलाको मुद्दा दिएको वताए ।

पछि आफुहरुले पनि प्रतिउत्तर लगाउदा ठाकुरकै दाई रामवृक्ष ठाकुर वार्ड अध्यक्षमा जितेपछि मुद्दामा नलडनका लागि भन्दै सवैलाई बसेकै ठाउमा जग्गा मिलाईदिने प्रलोभन देखाएपछि आफुहरुले तारेख धाउन छाडेको भुमीहिन समेत रहेका इन्दु ठाकुरले वताए । इन्दु ठाकुरले दिएको जानकारि अनुसार पछि रामसागर ठाकुरले मुद्दालाई जारीनै राखेर अदालतबाट मुद्दा जिती आफुहरुलाई पुर्खौ देखि बस्दै आएको जग्गाबाट अन्य ठाउ भौतारिन बाध्य बनाएको दुखेसो पोखे ।

उक्त जग्गामा धनुषा जिल्ला अदालतले २०७६ जेष्ठ ८ गते आदेश जारी गर्दै एलानी जग्गा खाली गराउन निर्णय गरे । वस्तीबासीलाई मंसिर ३० गते सम्म जग्गा खाली गर्न अन्तिम चेतावनी दिइएको छ भने सो समयमा खाली नगरे डोजर लगाएर घर भत्काउने भनेर चेतावनी समेत दिइएको छ ।यता सो सम्वन्धमा वार्ड नं १ का वार्ड अध्यक्ष रामवृक्ष ठाकुरले भुमीहीनहरुलाई जग्गा खाली गराउन आफुले पनि नचाहेको वताए । उनले तिनीहरुलाई सोहि ठाउमा पुनः बसाउनका लागि पहल गरिरहेको वताए । त्यसैगरि विदेह नगरपालिकाका मेयर वेचन दासले सहनी बस्तीको विषयमा आफुलाई थाहा भएको र यस विषयमा आफु गम्भीर रहेको वताए ।

उनले भने ‘आफुले तत्कालका लागि घरवार विहिन नबनाउन सम्वन्धित निकायलाई आग्रह गरिसकेको छु,नगरपालिकाको वोर्ड बैठकबाट भुमीहिनहरुको लागि जग्गाको व्यवस्था गरि समस्या सामाधान गर्नेछु’।उनले यस्तो हिउदको समयमा घरवार विहिन वनाउन नहुनेमा आफनो जोड रहेको र यसको लागि पहल गरिरहेको समेत वताए । सो वस्तीमा वस्दै आएका भुमीहिन दलितहरुका अनुसार आफुहरुले कुनै पनि हालतमा सो वस्तीबाट नहटने बरु डोजर चलाए त्यसैमा किचिएर मर्ने वताए ।पुर्खौ देखि वस्दै आएको जग्गा छाडनुपरे सरकारले हामी भुमीहीनहरुको व्यवस्था गर्न समेत उनिहरुले माग गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]