११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

जगदम्बा प्रा.लि.द्वारा हेलमेट वितरण

Logo
प्रकाशित आइतबार, मंसिर २९, २०७६

संतोष रन्जितकार
बीरगंज,२९मंसीर ।समदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिबार हेलमेटले हाम्रो ज्यानको रक्षा गर्छ (जझभित कबखभक यगच ष्खिभक) भन्ने नाराकासाथ शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि.ले वीरगन्ज स्थित घण्टाघर चौकमा शनिबार मोटरसाईकल चालकहरुलाई निःशुल्क हेल्मेट बितरण गरेको छ ।

शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि.का कार्यकारी निर्देशक राजेश अग्रवालले बिना हेल्मेट मोटरसाईकल चलाउने बालबालिका, महिला तथा पुरुष चालकहरुलाई घण्टाघर चौकमा सयौंको संख्यामा निःशुल्क हेल्मेट बितरण गरेका हुन ।

त्यसैगरी बिभिन्न संघ सस्थाहरुलाई मेडीकल बक्स समेत बितरण गरेका थिए । शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि.को सहयोगमा घण्टाघर चौकमा निःशुल्क हेल्मेट बितरन कार्यक्रममा प्रमुख अथिति वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजयकुमार सरावगी, २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्र.उ.गोग बहादुर पालले शुभकामना मन्तब्य दिदै बिना हेल्मेट सवारी चलाउंदा विभिन्न किसिमको घटनामा पर्दा टाउको फुटेर ज्याननै जान सक्ने भएकोले हेलमेट लगाएर आफ्नो ज्यानको रक्षा गर्न बताउनु भएको थियो ।

वीरगंजका मेयर सरावगीले दुर्घटनाबाट जोगाउन हेल्मेट महत्वपुर्ण साबित भएकाले हेल्मेट बितरण गरिएको बताउनुभयो । उहाँले मोटरसाईकल चालक संगै पछाडि बस्ने यात्रुलाई पनि जोखिम रहेकोले पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने धारणा राख्नुभयो । निःशुल्क हेलमेट बितरण कार्यमा वीरगन्ज राउण्ड टेबुलका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]