०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

मेची महाकाली रेल निर्माणका लागि प्रक्रिया सुरु भयो

Logo
प्रकाशित आइतबार, मंसिर २९, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,२९ मंसिर।मेची महाकाली रेलवे निर्माणका लागि आवश्यक रकम र दाता खोजी भईरहेको बेला यसका प्रक्रियागत कार्यहरु भने सम्पन्न गर्ने कार्यहरु भईरहेका छन् ।

यसैक्रममा मेची महाकाली रेलवे आयोजना अन्तर्गतको इनरुवा काकडभिट्ठा खण्ड र इटहरी विराटनगर रेलवे लिंक निर्माणका लागि इआई अर्थात वातावरणीय प्रभाव मुल्यांकनको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।

रेल विभागले विराटनगरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा विद्युतीय रेलवे निर्माणको रुट, यसको लागत, प्रभावित जनसंख्या, वन क्षेत्र र खोलानालाको अवस्था तथा जग्गा अधिग्रहण र मुआब्जा बारे सरोकारवालाहरुलाई जानकारी गराइएको छ ।

करिब १ हजार ७४ अरब निर्माण लागत अनुमान गरिएको पूर्व पश्चिम मेची महाकाली रेलवे करिब ९ सय २५ किलोमिटर र उत्तर दक्षिण लिंक रेलवे ८० किलोमिटर हुने रेल विभागले जानकारी दिएको छ ।

सो रेलवे आयोजनाको इनरुवा काकडभिट्ठा खण्ड करिब १०६ किलोमिटर र इटहरी विराटनगरको रेलवे लिंक करिब २० किलोमिटर लम्बाईको हुनेछ । पूर्वी खण्डको लागत भने करिब १ सय ७४ अरब हुने बताइएको छ ।

मेची महाकाली रेलवे आयोजनाको डिपिआर बनिसकेको भएपनि दाता खोज्ने कार्य भईरहेकोले निर्माण शुरु हुने मिति भने अझै टुंगो लागिनसकेको रेल विभागका पदाधिकारीहरुले बताएका छन् ।

सो सार्वजनिक सुनुवाई कार्यक्रममा रेलवे मार्गमा पर्ने सम्बन्धित महानगरपालिका, गाँउपालिकाका प्रमुखहरु, जग्गावाला, नागरिक समाज र उद्योगी व्यापारीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]