२० माघ २०८२, मंगलबार
03-02-2026 , Tue
×

१३औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कुस्ती खेलमा स्वर्ण पदक जितेर घर पुगेपछि…

Logo
प्रकाशित आइतबार, मंसिर २९, २०७६

न्यूजमधेश समाचारदाता
कञ्चनपुर,२९ मंसिर।१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कुस्ती खेलमा स्वर्ण पदक जितेकी संगीता धामीलाई भीमदत्तनगरमा आइतबार भव्य स्वागत गरिएको छ।

भीमदत्त नगरपालिका ३ की १९ वर्षीया धामीले जनकपुरमा सम्पन्न ५५ किलो तौल समूहमा नेपालका लागि स्वर्ण जितेकी थिइन्। नेपाली कुस्ती खेलको इतिहासमै पहिलो पटक स्वर्ण जितेकी धामीले बंगलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गरेकी थिइन् ।

भीमदत्त नगरपालिका कार्यालयले आइतबार धामीको स्वागत र सम्मानमा भीमदत्तनगर बजारमा विजय र्‍याली निकालेको थियो। बजार परिक्रमापछि र्‍याली वडा कार्यालय पुगेर समापन गरिएको थियो। कार्यक्रममा वडा अध्यक्ष रामबहादुर जप्रेलले धामीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् ।

कार्यक्रममा वडा कार्यालयले धामीलाई नगद २५ हजार ५२५ नगद समेत प्रदान गरेका छन् । कार्यक्रममा दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिह धामीले पदक विजेता धामीलाई एक लाख ५ हजार पुरस्कार दिने घोषणा गरेका छन् ।

कार्यक्रममा वडा अध्यक्ष जप्रेलसहित वडा नं ७ का अध्यक्ष शंंकर कुँबर, धामीकी आमा धनादेबी धामीसहित स्थानीय, खेलाडी, जनप्रतिनिधि, प्रशिक्षक र्‍यालीमा सहभागी भएका थिए । वडा अध्यक्ष जप्रेलसहितले धामीलाई टिका र खादा लगाएर सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]