०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

प्रतिनिधिसभाका सांसदहरुलाई ६ करोड बजेट नदिन माग गर्दै सर्वोच्चमा रिट

Logo
प्रकाशित सोमबार, मंसिर ३०, २०७६

न्यूजमधेश समाचारदाता
काठमाडौं,३० मंसिर।प्रतिनिधिसभाका सांसदहरुलाई ६ करोड दिने बजेटको व्यवस्थालाई चुनौती दिँदै नेपाली कांग्रेसका तीन सांसद अदालत पुगेका छन् । यस आर्थिक वर्षको बजेटमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका सांसदहरुलाई ६ करोड दिने व्यवस्था गरिएको थियो ।

सर्वत्र आलो चना हुँदाहुँदै अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदलाई खुसी बनाउने ६ करोडको स्थायीय पूर्वाधार साझेदारी कार्यक्रम ल्याएका थिए ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कांग्रेस सांसद प्रकाश रसाइली, रंगमती शाही र राष्ट्रियसभाका प्रकाश पन्थले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई ६ करोडका दरले पैसा बाँड्ने कार्यक्रम बदर गर्न माग गरेका छन् । उनीहरुले ६ करोड रकम बाँड्ने कार्यक्रम खारेजीको माग गर्दै रिट दायर गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]