२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

घुससहित रंगेहात समातिएका डीएसपी राई पाए सफाई

Logo
प्रकाशित मंगलबार, पुष ०१, २०७६

न्यूजमधेश समाचारदाता
काठमाडौँ,१ पुस।बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईले सफाइ पाएका छन् ।

न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ।

राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले २१ असोजमा एक लाख ४० रुपैयाँसहित कार्यालयबाटै पक्राउ गरेको थियो । भ्रष्टाचार निवारण ऐनअनुसार २८ कात्तिकमा १ लाख ४० हजार बिगो मागदाबी गरी राईविरुद्ध ०७५ कात्तिक २८ मा आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

आयोगले गरेको अनुसन्धानका क्रममा राईले बालुवा व्यवसायीसँग घुसवापत ७० इञ्चको टेलिभिजन र सोकेस माग गरेका थिए । नदिए व्यवसाय चौपट पारिदिने धम्की दिएका थिए । त्यसवातपको रकम लिँदै गर्दा उनी समातिएका थिए ।

उनले आफ्नो कार्यकक्षमा आएर बसेका केही समूहले ब्यागमा पैसा छाडेर गएको र आफूले घूस भने नलिएको दाबी गर्दै आएका थिए ।

यसअघि पनि विभिन्न कार्यालयमा रहँदा घुस लेनदेन गर्ने गरेको विषयमा प्रहरी प्रधान कार्यालयदेखि गृह मन्त्रालयसम्म उनीविरुद्ध उजुरी गर्ने गरेको थियो । तर, उनी जोगिँदै आएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]