२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

पर्साको भेडाहा खोलाबाट दुई ट्याक्टर अवैध बालुवासहित चालक पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष ०१, २०७६

न्यूजमधेश समाचारदाता
विरगंज,१ पुस।अवैध रूपले पर्साको भेडाहा खोलाबाट बालुवा उत्खनन् गरी पैठारी गर्दै गरेको अवस्थामा प्रहरीले बालुवा भरिएको दुइटा ट्याक्टर र ट्याक्टर चालकलाई पक्राउ गरेको छ। पर्सा प्रहरी मातहतको प्रहरी टोलीले भेडाहा खोलाबाट अवैध रूपले उत्खनन् गरी पैठारी गर्दै गरेको अवस्थामा बालुवाले भरिएका दुइटा ट्याक्टर र चालकलाई पक्राउ गरेको हो।

पर्सा प्रहरी मातहतको प्रहरी टोली गस्ती गर्दै जाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। जिल्लाको पर्सागढी नगरपालिका-४ भेडाहा खोलाबाट अवैध बालुवा उत्खनन् गरी ल्याउँदै गरेको अवस्थामा ना. ६ त ७९०४ र ना. ५ त ६५४३ नम्बरको ट्याक्टर र ती ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए।

पक्राउ पर्ने चालकहरूमा वीरगन्ज महानगरपालिका-३२ का २८ वर्षीय मुन्ना साह सोनार र सोही ठाउँका २५ वर्षीय हाकिम देवान रहेका छन्। पक्राउ परेका दुवै ट्याक्टरसहितको बालुवा र चालकलाई थप कार्वाहीको लागि जिल्ला समन्वय समिति पर्सामा बुझाइएको उनले बताए।

स्थानीय सरकार संचालन ऐनअनुसार स्थानीयस्तरमा अहिले पर्साका कुनै पनि खोलाबाट बालुवा उत्खनन् गर्न नपाइने नियमअनुसार प्रहरीले अवैध बालुवा, गिट्टी उत्खनन्लाई पनि निगरानीमा राख्दै आएको पर्सा प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]