०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

कामना सेवा बिकास बैंकद्वारा लाहानमा अन्तरक्रिया तथा चियापान कार्यक्रम

Logo
प्रकाशित बुधबार, पुष ०२, २०७६

मनोज बनैता, लाहान,  २ पुस। कामना सेवा बिकास बैंक लाहान शाखाले बुधबार लाहानमा अन्तरक्रिया तथा चियापान कार्यक्रम गरेको छ । औपचारिक रुपमा शुरु गरेको उक्त कार्यक्रम उधोग बाणिज्य संघ लाहानका अध्यक्ष अशोक अमात्य ले प्रमुख अतिथिको आसन ग्रहण गरेका थिए भने भने विशिष्ट अतिथिको रुपमा लाहान सफटेक कलेज प्रमुख डा. महादेव साह र जे.एस मुरारका क्याम्पस प्रमुख तुलसी पोख्रेल रहेका थिए ।

कार्यक्रममा बोल्दै शाखा प्रमुख सरोज ठाकुरले भने कि यस  कार्यक्रमले लाहानका उधोग ब्यवसायी, स्कुल, कलेजका प्रमुखहरूलाई कामना बैंकको मनोबिज्ञान सङ्ग जोडेको छ । आधुनिक बैकिङ्ग सुविधा, प्रर्याप्त पार्किङ्ग सुविधा सहितको भवन र पूर्वाधारले ग्राहकका आवश्यकता अझै सरल र सहज ढङ्गले पुरा हुने विश्वास प्रमुख ठाकुरको रहेको छ ।

कार्यक्रममा दर्जनौ ब्यापारी, नेता, कार्यकर्ता एवं समाजका बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । सिरहामा लाहान, मिर्चैया र गोलबजार गरि देशैभरमा कामना सेवा बिकास बैंकको जम्मा १०८ शाखा रहेको जानकारी प्रमुख ठाकुरले दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]