२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

बालबिटोरी संघर्ष समिति द्वारा शान्तिपुर्ण बिरोध जुलुस

Logo
प्रकाशित बुधबार, पुष ०२, २०७६

मनोज बनैता, लाहान, २ पुस लहान नगर भित्र रहेको बालबिटोरी र गाउँ ब्लाक नाममा दर्ता रहेको रोक्का जग्गा फुकुवा गराउन दवाव दिदै बालबिटोरी संघर्ष समिति ले बुधबार शान्तिपुर्ण बिरोध जुलुस निकालेको छ ।

जग्गाधनी पुर्जा वितरण भए पनि नेपाल सरकार द्वारा जग्गा रोक्का राखी जनतालाई दु:ख दिने काम मात्र भएको र विगत ६ महिना देखि केहि सरोकारवाला र राजनीतिक व्यक्तिहरु द्वारा भुमिसुधार मन्त्रालय काठमाडौंमा पटक -पटक दवाब दिदा पनि समस्या जस्ताको त्यस्तै रहेको हुनाले बिरोध जुलुस निकालिएको संघर्ष समितिका संयोजक बिजय कुमार गुप्ताले जानकारी दिए ।

बिरोध जुलुसमा बालबिटोरी र गाउँ ब्लकको जग्गा फुकुवा गर , श्रेस्ता कार्यवयन गर, लालपुर्जा कायम गर लगायतका प्लेकार्ड बोक्दै नारावाजी गरिएको छ । लहान ७ स्थित राम मन्दिरको प्राङ्गन बाट निकालिएको बिरोध जुलुस नगर परिक्रमा गरि त्यही ठाउँमा कोणसभामा परिणत भएको थियो । केही दिन अगाडि बालबिटोरी संघर्ष समिति गठन गरिएको थियो ।

गठन गरिएको समितिमा बिजय कुमार गुप्ता सर्वसहमति बाट संयोजक पदमा चयन गरिएको थियो भने उप-संयोजक राम औतार शर्मा सहित रविन्द्र प्रसाद चौधरी,महेश गुप्ता ,दिपक कुमार साह हलुवाई,विकाश शारडा,दिपक अग्रवाल ,उदय साह, विनोद चौधरी , मोहम्मद सरफराज अन्सारी र निरज गुप्तालाई सर्वसहमतले सदस्यमा चयन गरिएको थियो । समितिको सल्लाहकारमा राकेश रोशन गुप्ता, श्याम कुमार गुप्ता,शियाराम गुप्ता ,उमेश साह र विनोद साह लाई राखिएको छ।

यसै बीच संघर्ष समितिले सम्बन्धित निकायहरुमा ज्ञापन-पत्र बुझाउने,मालपोत कार्यलय लहानको लेखापढी व्यवसाय समिति संग छलफल गर्ने ,प्रदेश सभा प्रतिनिधि तथा संघीय सभा प्रतिनिधिहरु संग समन्वय गरि छलफल गर्ने, उपयुक्त अनुसारको समय मिलाई शान्ति पूर्ण दवाव मुलक र्याली गर्ने,प्रत्येक जग्गा धनि संग ५ सय रुपैया सहयोग लिई कार्यक्रम अगाडी बढाउने लगायत  विभिन्न निर्णयहरु गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]