०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

विद्यार्थी जनमत संघको एकाई समिति गठन ,अध्यक्षमा यादव

Logo
प्रकाशित बुधबार, पुष ०२, २०७६

न्यूजमधेश समाचारदाता
रुपन्देही ,२ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीले माघ १३ गते रुपन्देही जिल्लाको भैरहवामा आमसभाको घोषणा गरेलगतै जनवर्गीय संगठन विस्तारमा तिव्रता गरेको छ।

यसैक्रममा बुधबार रुपन्देही जिल्लाको मर्चवार आदर्श बहुमुखी क्याम्पस मझगावाँ मा आलोक यादव को अध्यक्षता मा विद्यार्थी जनमत संघ मर्चवार आदर्श बहुमुखी क्याम्पस मझगावाँमा २५ सदस्यीय एकाई समिति गठन गरेको छ।

त्यसैगरी उपाध्यक्षमा मिना कुमारी चौधरी ,सचीवमा दुर्गेश यादव,सहसचिवमा मिना कोहाँर र कोषाध्यक्षमा सेनु पाल चयन भएको छ।

एकाई समितिको सदस्यमा संजय कुमार चौधरी, दया शंकर पाल, राहुल वरई, सुरेन्द्र यादव, धर्मेन्द्र मौर्य, दुर्गा प्रसाद धवल, राजेश कुमार बरई, सुवाश चन्द्र यादव, अमरजित चौधरी,शैलेष चाई, सिमा मौर्य, सुलेमान खान, शैलेश यादव, वन्दना मौर्य, निर्मला मौर्य, उम्मे कुल्सुम खातुन, पुजा कुमारी यादव, प्रियंका जैसवाल, विन्द्रावती मल्लाह, विवेक यादव, हृदेशमणि त्रिपाठी लगायतका विद्यार्थीहरु रहेको छ।

कार्यक्रम जनमत पार्टी रूपन्देहीका क्षेत्र नं ४ का क्षेत्रिय ईन्चार्जहरू सुनिल यादव, कृष्णा कोहार, धर्मेन्द्र गुप्ता, अकवर अली अन्सारी सन्तोष यादव सहयोगमा सम्पन्न भएको हो।

कार्यसमिति गठन कार्यक्रममा विद्यार्थी जनमत संघका विद्यार्थी नेता विकास प्रसाद लोधले विद्यार्थीहरुलाई प्रशिक्षण समेत दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]