३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

शीतलहरबाट तराई मधेशको जनजीवन कष्टकर बन्दै

Logo
प्रकाशित बिहिबार, पुष ०३, २०७६

न्यूजमधेश समाचारदाता
सिरहा,३ पुस।केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् ।

बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन् । जाडोले काममा जान समस्या हुन थालेपछि उनीहरुको हाथमुख जोड्ने समस्या हुन थालेको छ ।

अत्यधिक चिसोका कारण विद्यालयमा पनि कम बालबालिका उपस्थित हुने गरेको छ । गत शुक्रबार र शनिबार परेको पानी र त्यसपछि चलेको शीतलहरका कारण काममा जानै नसकिएको निर्माण मजदूरले बताएका छन् । चिसोका कारण रुघाखोकी, निमोनिया, झडापाखाला, दम जस्ता बिरामी बढ्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा नागेन्द्र यादवले जानकारी दिए ।

अरु बेलाको तुलनामा जिल्ला अस्पताल सिरहा, रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल तथा अन्य निजी तथा सरकारी अस्पताल तथा स्वास्थ्य क्लिनिकमा रुघाखोकी, निमोनिया, दम तथा झाडापखालाका बिरामीको चाप बढेको जिल्ला अस्पतालले जनाएको छ ।

चिसोबाट जोगिन जिल्लाको ठाउँ ठाउँमा आगो बाल्ने व्यवस्था मिलाइएको र शीतलहरबाट पीडितलाई न्यानो लुगा वितरण गर्न स्थानीय तहसँग समन्वय भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]