०८ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

सर्वोत्कृष्ट मैथिली गीत गायकको अवार्ड जित्न सफल भए रुद्रसेन विश्वकर्मा

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

न्यूजमधेश समाचारदाता
काठमाडौं,५ पुष ।पछिल्लो समय चर्चामा रहन सफल सुमधुर आवाजका धनि गायक रुद्रसेन विश्वकर्माले ‘नेपाल संगीत उधोग संघले राजधानीमा आयोजना गरेको “नेपाल संगीत उधोग संघ राष्ट्रिय म्युजिक अवार्ड- २०१९” मा चर्चित मैथिली गित “कानोमे आँहाके झुम्का” मार्फत सर्बोत्कृष्ट मैथिली गीत गायकको अवार्ड जित्न सफल भएका छन् ।

भोजपुरी, मैथिली तथा नेपाली गीति विधामा गायकको रुपमा छुट्टै पहिचान बनाउन सफल गायक रुद्रसेन विश्वकर्माले दर्जनौ गीतहरुमा सुमधुर स्वर भरेर चर्चा बटुलेका छन् । उनले यस अवार्डमा मैथिली गीतको विधा मार्फत सर्वोत्कृष्ट मैथिली गीत गायकको अवार्ड पाउन सफल भएका छन् ।

गायक रुद्रसेनको शब्द र सङ्गित रहेको विशाल निरौलाले एरेन्ज गरेका उक्त मैथली कल्चरल गीतमा गायक रुद्रसेनको स्वरका साथमा चर्चित गायिका ज्योति मगरको पहिलो पटक मैथिली गीतमा स्वर गुञ्जीएको छ

अहिलेका ब्यस्त निर्देशन प्रदिप कुमार रसाईलीले निर्देशन गरेका उक्त गीतमा गायक रुद्रसेन विश्वकर्माको साथमा मोडेल तथा नायिका रिचा थापा को बेजोड़ नृत्य,अभिनय रहेको गीतलाई निर्माण भने निर कुमारी विश्वकर्मा (सविना) ले गरेकी हुन

मंसिर ३० गते सोमवार, राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा सम्पन्न “नेपाल संगीत उधोग संघ राष्ट्रिय म्युजिक अवार्ड- २०१९” मा उनि सर्वोत्कृष्ट मैथिली गीत गायकको रुपमा अन्य उत्कृष्ट पाँचका प्रतिश्प्रधिलाइ उछिन्दै उक्त अवार्ड जित्न सफल भएका थिए ।

भर्खरै मात्र सम्पन्न अर्को अवार्ड ‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड–२०७६’ समेत उनले सर्वोत्कृष्ट कल्चरल गायकको रुपमा अवार्ड जित्न सफल भएका थिए । विभिन्न मेला महोत्सब, स्टेज कार्यक्रममा समेत ब्यस्त रहदै आएका चर्चित गायक रुद्रसेन बिश्वकर्मा राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला “कार्य समिति धनुषा” का अध्यक्ष समेत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]