०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

राजविराजमा जनमत पार्टीको भव्य आमसभा गर्नकोलागी ७५ सदस्यीय समिति गठन

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज, ५ पुस।जनमत पार्टीको केन्द्रिय अध्यक्ष डा. सिके राउतको प्रमुख अतिथिमा अगामी माघ १८ गते सप्तरीको राजविराजमा आमसभाको आयोजना हुने भएको छ ।

आमसभाकै तयारीका लागी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेका जनमत पार्टीकोे कार्यालयमा पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीे जिल्लाको इन्चार्ज समेत रहेका सुरेन्द्र मधेशीको अध्यक्षतामा ७५ सदस्य समिति निमार्ण गरिएको छ ।

शनिवार आयोजना गरिएको कार्यक्रममा अगामी माघ १८ गते हुन लागेका आमसभा व्यवस्थित तरिकाले सु सम्पन्न गर्नका लागी विभिन्न गाउँपालिका तथा नगरपालिकाका संयोजक सहित वडाहरुको संयोजक समेतलाई विभिन्न जिम्मा दिइएको छ । विभिन्न नगरपालिका तथा गाउँपालिकाबाट करिब १ सय २० जना भन्दा बढी कार्यक्रताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम सञ्चालन शंकर खड्गाले गरे भने स्वागत मन्तव्य बुद्धेश्वर मण्डलले व्यक्त गरे । पार्टीको केन्द्रिय सदस्य सत्यनारायण मण्डलको समेत उपस्थिती रहेको सञ्चारकर्मी कमल कुमार मण्डलले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]